बैशाख ५ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाले सबै भन्दा धेरै प्रताडित बनाएको अमेरीकामा दैनिक मृतकको संख्या बृद्धि हुने क्रम बढीरहेको छ ।
अप्रील १६ बिहिबार एकै दिन अमेरीकामा अहिले सम्मकै धेरै ४५ सय ४२ जनाको मृत्य भएको छ ।
वासिग्टन पोष्टका अनुसार यो अमेरीकामा हाल सम्मकै सबै भन्दा धेरै हो ।
यो सगैँ अमेरीकामा कुल मृत्यु हुनेको संख्या ३२ हजार ८ सय ६८ पुगेको छ । यो विश्वमै सबै भन्दा धेरै हो ।
त्याहाँ कुल संक्रमित ६ लाख ६७ हजार नाघेको छ । अमेरीकाको न्यूयोर्कमा अहिले सम्म सबै भन्दा धेरै १४ हजार बढीको मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline