अमेरीकामा लकडाउनको बिरोध गर्दै जनता सडकमा निस्किए , कोरोनाले २ करोड १० लाखको रोजगारी गुमेपछि निराशा बढ्दै

अमेरीकामा लकडाउनको बिरोध गर्दै जनता सडकमा निस्किए , कोरोनाले २ करोड १० लाखको रोजगारी गुमेपछि निराशा बढ्दै

  • शुक्रबार, बैशाख ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

बैशाख ५ एजेन्सी । अमेरीकामा कोरोना संकट पछिको लकडाउन र उद्योग बजार बन्द हुदाँ करीब २ करोड १० लाख नागरिकको रोजगारी गुमेको छ । बेरोजगार सूचीमा परेर सरकारी सुविधा प्राप्त गर्न ठूलो संख्यामा आवेदन परीरहेको छ । यसबाट निराश भएका मानिसहरुले लक डाउनको विरोध गर्दै अमेरीकाभर प्रदर्शन गरेका छन् ।
उनीहरुले लकडाउनको आदेश तानाशाही जस्तो भएको र यो भाईरस भन्दा खतरनाक रहेको भन्दै नाराबाजी गरेका थिए ।
केन्टुकी, मिचिगन, मागा,ओहियो,भर्जिनिया, न्यूयोर्क, लगायत अधिकाश राज्यमा नागरिकहरु सडकमा निस्किएर विरोध प्रदर्शन गरेका थिए ।
मिचिगनमा प्रदर्शनकारीहरु बन्दुकै भिरेर सडकमा निस्किएको डेलीमेलले उल्लेख गरेको छ । अमेरीकामा सविधानले नै नागरिकलाई बन्दुक किन्ने र राख्ने अधिकार दिएकाले उनीहरु धेरैले पछिल्लो समय ठूलो संख्यामा बन्दुक खरीद गरीरहेको त्यहाँको एफबीआईले यस अघि सार्वजनिक गरेको थियो । मार्च महिना भरीमा २१ लाख बढी बन्दुक अमेरीकी नागरिकले किनेर घर लगेका थिए ।
अमेरीकामा संघीय सरकार र राज्य सरकारकाबीच लकडाउनका बिषयमा केही मतान्तर रहेका बेला प्रदर्शन शुरु भएको हो ।
ठूलो आर्थिक घाटा, बढ्दो बेरोजगारी र महामारीका कारण धेरेको मृत्यु र संक्रमणले अमेरीका गंभीर संकटमा फस्दै गएको छ ।
अमेरीकामा कोरोनाले करीब ३३ हजारको मृत्यु भएको छ भने ६ लाख ६७ हजार बढी संक्रमित छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ