कोरोनाले विस्वलाई अस्पव्यस्त बनाएका बेला भारत पनि त्यसको शिकार भईरहेको छ । जसको मारमा त्याहाँका करोडौं गरीब मजदुर जस्तै विभिन्न शहरमा रोजीरोटी गर्ने नेपाली पनि समस्यामा फसेका छन् ।
यहाँका अधिकांश शहरहरूमा रोटी रोजिको सिलसिला रहेका लाखौ नेपाली मजदुरहरुको उपस्थिति नरहेको कुनै शहर छैन । तिनै नेपालीहरु कोरोना भाईरसको त्रास त छँदैछ भोकमरी र अभावले जीवन धान्न नसक्ने भए पछि एक गाँस अन्न र प्राण बचाउन पनि भगवानसगँ दश औला जोडेर विन्ती गर्नु पर्ने जस्तो स्थिति देखिएको छ । कैयौ नेपालीहरु हारगुहार गर्दै सडक र चौरहरुमा बस्नु पर्ने विवशता छ ।
भारतका सहरहरूमा ज्याला मजदुरी गर्दै आएका बिपन्न मजदुर वर्ग कुनै एक कोठामा भोक भोकै कैद त्यो जिउदो प्राण आफू बाच्नको लागि संघर्ष गरीरहेको यो समयमा एक्लो ज्यान सम्म भएपनि जोगिन सक्ने कयौ सम्भावनाहरु मनमनै बटुल्दै ज्यान सम्म बचाउन सक्ने ठूलो आशाको खोजिमा रातोदिन आफू बसेको ठाउबाट एक मान्छेले अर्को जिउदो मान्छेलाई हारगुहार लगाउदै विवस दिनचर्या व्यथित गर्न बाध्य छन् ।
हाम्रो मुलुक जस्तो बिपन्न मुलुक जहाँका केही दुर्गम बस्तीहरुमा अझै सम्म शिक्षा , स्वास्थ्य ,चेतनाको पहुँचबाट निकै टाढा र आर्थिक रुपमा समेत अझै कल्पना सम्म पनि गर्न नसकिने गरीब वर्ग समुदायका मानिसहरु रहने गरेका छन् । जसलाई अहिलेको आधुनिक टेक्नोलोजीको युगले छोएको हुदैन र त्यो असर समेत परेको हुदैन । हो त्यस्तो वर्ग समुदायका मजदुरहरुको काम गर्ने थलो भारत नै हो । जहाँका मजदुरहरुले सामान्य किबोर्ड भएको फोन समेत चलाउन नसक्ने अवस्था छ भने सूचना सञ्चारबाट बन्चित ती लाखाँै प्रवासी नेपाली नागरिक मजदुरहरुको जिवनमा यो अवस्थामा कहाँ कसरी कुन अवस्थाको दशा भोग्नु परेको होला भन्ने कुराको हामी कलपना समेत गर्न सक्दैनौ ।
कोरोना भाइरसको तिब्र संक्रमण पछि भारत सरकाले लिएको कदम र नेपाली मजदुर वर्गलाई परेको संकटको बाबजुद हामी र हाम्रो संगठनले भारतभरी देशव्यापी रुपमा आफ्ना नागरिकहरु माथी आउन सक्ने स्वास्थ्य , सुरक्षा र बिपत्ति माथी गम्भीर बन्दै भारतका सबै राज्यमा रहेका हाम्रा सामाजिक अभियांता साथीहरू लाई कुनैपनी समय तयार रहन आग्रह गरेसंगै अनेक राज्यमा रहेका अभियांता मित्रहरूको सम्पर्क मोबाइल नम्बर समेत जनहितको लागि सार्बजनिक गरियो र फलस्वरूप हाम्रो संगठनमा आबद्ध अनेक राज्यमा सक्रिय सामाजिक अभियांता मित्रहरुले यो मानव बिपत्तिको बेला अलपत्र र आर्थिक कमोर भएका खाना को पनि जोह नभएका नेपाली दाजुभाइ दिदी बहिनीलाई आफुले सक्दो आर्थिक नैतिक र भौतिक सहयोग गरि देशव्यापी उद्दार कर्यमा सक्रिय रहेको छ ।
त्यस्तै नयाँ साल तथा बैशाखी जस्ता नेपाली चाडपर्वका बेला अरु वर्षको झै यसपालि पनि भारतका दक्षिणी सहरहरुबाट आइ घर फर्कने क्रममा भारत सरकारले लगाएको देश बन्दा बन्दीको घोषणा संगै सबै ठाँउको यात्रा को मुख्य केन्द्र रहेको थलो दिल्ली हजारौं नेपाली जनताहरु अलपत्र पर्नु भयो । बढ्दो प्रकोप संगै नेपाली मजदुरहरुको भोकमरी संगको संघर्ष हारगुहार खाना र पानी उपलब्धता संग छ । यसरी समस्यामा परेका धेरै नेपाली नागरिकको व्यवस्थापन संगै हाल तत्काल सम्म उद्धार नभएका ६०० जना साथीहरूको खाना व्यवस्थापन सम्म गर्न हामी र हाम्रो संगठन प्रतिबद्ध रहेकाले ती अलपत्र मित्रहरूको सहयोग गर्न हाम्रो पहल र भारतीय स्थानीय सामाजिक संस्थाको सहकार्यमा बिगत केही दिन देखि हाल सम्म अलपत्र नेपाली नागरिकहरु लाई सेवा दिन सफल भएका छौ ।
दिल्लीको तीनवटा ठाउँ गुरुग्राम , छत्तरपुर र पालम एरियाको अलग अलग ठाँउमा रहेका १०० जना अलपत्र मित्रहरू लाई संख्यात्मक हिसाबले राहत सामाग्री उपलब्ध गराइ सहयोग गरेका छौ भने नयाँ दिल्ली पहाडगंजमा रहेका प्रदेश नं २ रौतहट , सिराहाका ५०० जति संख्यामा रहेका दिल्लीको स्थानीय बजारमा ज्याला मजदुरी गरि आफ्नो गुजरा( दिनचर्या ) चलाउने काम गर्दै आउनु भएका नेपाली मुलका मजदुरहरुको कमजोर आर्थिक अवस्थाले गर्दा एक छाक खानाको समेत जोहो गर्न सकिरहेका छैनौ भनेर हाम्रो सम्पर्कमा आए पछि नेपाली दूतावास लाई लिखित जानकारी गराउदै दूतावासको आग्रहमा हाम्रो पहलमा दिल्लीमा रहेको अर्को राजनीतिक संगठन एकता मंच संग सहकार्य गर्दै भारतको स्थानिय दातृ संस्था संगको सहयोगमा बिगत केहिदिन देखि खाना खुवाउदै आएको र हिजो देखि संख्यात्मक रुपमा धेरै भएका साथीहरू लाई चाहिने मात्रामा खाना उपलब्ध गराउन नसक्ने भएपछी ती सबै ५ सय साथीहरू भोकै बस्नु परेको अवस्था निम्तिएको छ ।
कोरोना महामारीको चपेटामा परेको भारतमा महामारी संगै जातिय कार्ड पनि यहाँका राजनीतिक दलहरुले खुब खेलिरहेको समाचार हामी दिन प्रतिन सुनिरहेका छौँ । तसर्थ यी दिल्ली पहाडगंजमा रहेका नेपाली मुलका अधिकांश मुस्लिम समुदायका साथीहरू भएको हँुदा हाम्रो मुलुकका नागरिक माथी त्यो काडको रंगिन चाल नखेलियोस् भन्ने हाम्रो अपिल हो । धार्मिक सहिष्णुताको नाममा बदनाम भएको भारतमा अलपत्र परेका नेपाली ईस्लामिक समुदायका मजदुर माथी समेत पर्न सक्ने असरको सम्भवित संकेत बढ्दो देखिएको हुँदा जात जाती, धर्मको नामा भारतमा देखिएको असामाजिक तत्वबाटका उब्जिएको बिभेदबाट हाम्रो समुदाय सिकार नबनोस भन्नेमा हामै सबै भारतमा रहेका संघ संस्थाको सकारात्मक पहल र भुमिका हुनुपर्छ भने हाम्रो संगठन, हाम्रो पार्टी र नेपाल सरकारले समेत बेलैमा यो सम्भावित संबेदनसिल विषयलाई गम्भीरतापूर्वक ग्रहण गर्दै वास्तविक पीडितहरुको सहयोगको लागि सक्दो आन्तरिक पहल यथासिघ्र गरोस् भन्ने जोरदार अपिल गर्दछु ।
त्यसैले हामी हाम्रो संगठन एक जनपक्षीय र आफैमा पनि नयाँ प्रगतिशील बिचारले लैस भएको संगठन भएको नाताले मानव मानव माथीमा हुने दमन , विभेद ,अत्याचार लगायत विभिन्न असामनतालाई समानता र्पुयाउने अभ्यासमा कृयाशिल छ । त्यसैले हाम्रो पार्टी र नेपाल सरकार र सरकारका भारत स्थित निकायले समेत बेलैमा यो संबेदनसिलता विषयलाई गम्भीरतापूर्वक लिदै नेपाली मजदुरहरुको वास्तविक पिडाहरु बुझ्ने र तिनको निवारक गर्ने खालका कदमहरु अगाडी बढाओस तथा सक्दो सहयोगको लागि तिब्र तत्परता देखाउन आन्तरिक पहल यथासिघ्र गरोस् भन्ने हाम्रो जोरदार अपिल रहन्छ । धन्यवाद !
–प्रगतिशील नेपाली समज भारत ( दिल्ली राज्य)