एजेन्सी बैशाख ४ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व दिईदै आएको सहायेग रोके पछि विश्व स्वास्थ्य संगठनले यसप्रति आपत्ति जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनम गिब्रियससले अमेरीका संगठनको लामो समयदेखिको साथी रहेको भन्दै ट्रम्पको निर्णयको आलोचना गर्ने र यस आर्थिक सहयोग रोकिए पछि पर्ने प्रभावको बारेमा समिक्षा गर्ने बताए ।
उनले अन्य साझेदार मुलुकहरुसगँ समेत छलफल गर्ने र विकल्प तयार पार्ने तर आफ्नो काम जारी रहने बताए ।
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओले अमेरीकाबाट भारी मात्रामा पैसा लिएर पनि चीनको पछि लागेको भन्दै महामारी फैलिनुमा उ पनि जिम्मेवार रहेको दाबी गरेका छन् ।
अमेरीकाले डब्लुएचओलाई बार्षिक ४० करोड बढी डलर दिदै आएको थियो ।
ट्रम्पको सो निर्णयको अमेरीकी अर्बपति बिल गेटस्ले समेत आलोचना गरेका छन् । उनले पहिला भन्दा अहिले विश्व स्वास्थ्य संगठनको आवस्यकता बढेका बेला यस्तो निर्र्णय गर्नु खतरनाक हुने ट्वीटर मार्फत बताएका छन् ।
ह्वाईट हाउसको नियमित पत्रकार सम्मेलनमा ट्रम्पले फेरी पनि डब्लुएचओको आलोचना दोहोर्याएका छन् ।
यस अघि ट्रम्पले कोरोना भाईरस पछि विश्व स्वासथ्य संगठन चीन पक्षधर भएको भन्दै कडा आलोचना गरेका थिए । जसको स्वास्थ्य संगठनले खंडन गरेको थियो । डब्लुएचओलार्ई अमेरीकाले बार्षिक ४० करोड डलर सहयोग दिदै आएको छ । यो विश्वका अरु देशको तुलनामा सबै भन्दा बढी हो ।
ट्रम्पले डब्लुएचओको गल्तीकै कारण विश्वमा सबै भन्दा धेरै मानिसको यो भाईरसले मृत्यु भएको जिकिर गरेका छन् ।
यस विषयमा समीक्षा गरेको र डब्लुएचओले राम्रो काम नगरेको ट्रम्पको प्रतिकृया छ ।
अन्तराष्ट्रिय सार्वजनिक निकायमा अमेरीकाले अनुदान ठूलो मात्रामा रोक्का गरेको पहिलो पटक हो । यस बिषयमा अन्तराष्ट्रिय क्षेत्रमा समेत विवाद र विरोध हुन सक्ने अनुमान गरिएको छ ।