एजेन्सी बैशाख ४ । विश्वभर फैलिरहेको कोरोनाले एकै दिन करीब ७ हजार मानिसको मृत्यु भएको छ । यो सगँै कुल मृत्यु हुनेको संख्या एक लाख ३४ हजार नजिक पुगेको छ । जोन हप्किन्स विश्व विद्यालयको पछिल्लो तथ्याकं अनुसार कुल संक्रमितको संख्या २० लाख ५० हजार पुगेको छ ।
सबै भन्दा धेरै अमेरीकामा एकै दिन १५ सयको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा एक हजारले कमी हो । यो सगैँ अमेरीकामा मृतकको संख्या २८ हजार पुगेको छ भने संक्रमितको संख्या ६ लाख ३५ हजार पुगेको छ ।
यस्तै फ्रान्समा अहिले सम्मकै सबै भन्दा धेरै एकै दिन १४ सय ३८ जनाको मृत्यु भएको छ । यो सगँै फ्रान्सका मृृतकको संख्या १७ हजार एक सय ८८ पुगेको छ । त्याहाँ संक्रमितको संख्या एक लाख ३१ हजार नाघेको छ ।
यसै गरी ईटालीमा मृतकको संख्या २१ हजार ६ सय ४५ पुगेको छ भने संक्रमित एक लाख ६५ हजाार नाघेको छ ।
यस्तै स्पेनमा मृत्यु हुनेको संख्या १८ हजार ७ सय ८ पुगेको छ भने संक्रमितको संख्या एक लाख ७७ हजार नाघेको छ ।
यसै गरी बेलायतमा मृतकको संख्या १३ हजार नजिक पुगेको छ भने संक्रमितको संख्या एक लाख नजिक पुगेको छ
यस्तै जर्मनीमा एक लाख ३५ हजार बढी संक्रमित भएका छन् भने मृतकको संख्या पनि ३५ सय नाघेको छ ।
यस्तै ईरानमा मृतकको संख्यामा कमी आएको छ । एक सय भन्दा कम मृत्यु भएर त्याहाँ कुल संख्या ४७ सय ७७ पुगेको छ । संक्रमित भने ७६ हजार ३ सय ८९ पुगेको छ ।
टर्कीमा मृतकको संख्या १५ सय नाघेको छ । एकै दिन एक सय १५ बढीको ज्यान गए पछि टर्कीले महामारी विरुद्ध सेना परिचालनको तयारी गरेको छ । यस देशमा ६९ हजार ३ सय ९२ जना संक्रमित भएका छन् ।
यस्तै बेल्जियममा पनि मृत्युदर निकै बढ्न थालेको छ । पछिल्लो तथ्यांक अनुसार त्याहाँ मृतकको संख्या ४४ सय नाघेको छ भने संक्रमित ३३ हजार ४ सय बढी छन् ।
उता ब्राजिलमा पनि २८ हजार बढी संक्रमित छन् भने १७ सय बढीको ज्यान गएको छ ।
यस्तै नेदरल्याण्डमा ३१ सय ४५ को मृत्यु भएको छ भने ३१ हजार बढी संक्रमित छन् ।
स्वीजरल्याण्डमा पनि मृतकको संख्या १२ सय पार गरेको छ भने २६ हजार संक्रमित भएका छन् ।
रुसमा २४ हजार ४ सय बढी संक्रमित छन् भने मृतकको संख्या २ सयको नजिक पुगेको छ ।
यता भारतमा कोरोनाको संक्रमित एकै दिन एक हजार भन्दा बढी थपिएर १२ हजार ३ सय २२ पुगेको छ भने मृतकको संख्या ४ सय पार गरेको छ ।
पाकिस्तानमा संक्रमितको संख्या ६ हजार ३ सय ८३ पुगेको छ भने १ सय ११ जनाको मृत्यु भएको छ ।
यसै गरी साउदी अरबमा पनि कोरोनाको कहर तीव्र हुदै गएको छ । त्याहाँ करीब ७९ जनाको मृत्यु भएको छ भने राजपरीवारका सदस्य सहित ५ हजार ८ सय बढी संक्रमित भएका छन् ।