एजेन्सी बैशाख ३ । अमेरीका र चीन विश्वका दुई ठूला प्रतिस्पर्धी शक्ति हुन् । उनीहरुबीच व्यापारीक युद्ध त छदैँछ अर्कोतिर सैन्य रुपमा पनि महामारीकै बीचमा सैन्य शक्ति प्रदर्शनको होडमा जुटेका छन् ।
कोरोना संकटमा शुरुमा चीन र अहिले अमेरीका फसेका बेला प्रशान्त महासागरमा दुवै देशले सैन्य शक्ति प्रदर्शनको होड चलाएका छन् ।
ताईवान र जापान नजिक चीनीया जनमुक्ति सेनाको विमान वाहक युद्धपोत सहित मिसाईल विध्वसंक उपकरण सहित अप्रेसन गरे पछि अमेरीकाले जापान नजिक गुआवम बन्दरगाह छेउमा हवाई तथा जल सैन्य शक्ति प्रदर्शन गरेको छ । यसबाट अमेरीकाले कुनै पनि बेला आक्रमण गर्न तयार छ भन्ने सन्देश दिएको छ ।
अमेरीकी सेनाले घातक बम बर्षक बिमान, ड्रोन र हेलिकप्टर गुआम एयरबेसमा हात्तीको चालमा प्रदर्शन गरेको थियो ।
अमेरीकाले वायुसेनाका विमानहरु यसरी लस्कर लगाएको छ कि उ कुनै युद्धको तयारीमा छ । यस्तो बेला अमेरीकी सेनाले क्षणभरमै तीव्र आक्रमण गर्न सक्छ । सोमबार अमेरीकाले उक्त प्रदर्शन गरेको थियो । जसमा एक दर्जन बढी बम बर्षक बिमान र हेलिकप्टरहरु तैनाथ थिए ।
चीनको नजिक करीब १८ सय माईलको दुरीमा अमेरीकाको प्यासीफिक कमाण्ड अन्तर्गत गुआम हवाई अड्डा रहेको छ । अमेरीकाले यस अड्डामा आरक्यु ग्लोबल ह्याक ड्रोन, ५ वटा बम दी ५२ घातक बर्षक बिमान र हवाई टैंकर राखेको छ ।

त्यो अघि चीनीया सेनाले जुनसुकै ठाँउमा , जुनसुकै बेला काउन्टर एट्याक गर्न सक्ने गरी अप्रेसन सफल भएको घोषणा गरेको थियो । चीनको लिओनिगं १६ विमानबाहक युद्धपोत हो , जो अमेरीकाको घातक विमान बाहक युद्धपोत थियोडोर रुजवेल्टको काउन्टरमा रहेको मानिन्छ । यी युद्धपोतहरुमा हजारौ सेना , सयौं विमान अवतरण र उडान गर्न सक्छन् भने आफै विमानभेदी क्षेप्यास्त्र र विध्वसात्मक परमाणु हतियारहरु प्रहार गर्न सक्षम छ ।
अमेरीकाले चीनलाई चेतावनी दिन दक्षीणी चीनीया सागरमा युद्धपोत र लडाकुविमानहरु निरन्तर पठाए पछि चीनले प्रत्याक्रमणको तयारी स्वरुप अघिल्लो साता मात्रै सैन्य अभ्यास सम्पन्न गरको थियो ।
यद्यपि, अमेरीकाको थियोडोर रुजवेल्ट युद्धपोत कोरोनाग्रस्त भए पछि गुआम अड्डामा फिर्ता भएको छ । रुजवेल्टमा रहेका ५ हजार क्रु मेम्बर सेना मध्य ६ सय जनामा कोरोना संक्रमण भएको छ । जस मध्य एक जनाको मृत्यु भएको थियो ।
गत शुक्रबार अमेरीकाको मिसाईल गाईडेड विध्वसात्मक विमान ताईवान नजिक उडे पछि चीनले पनि लडाकु विमानले पिछा गरेको थियो ।