बैशाख ३ एजेन्सी । भारतको ईन्दौरमा कोरोना अनियन्त्रित हुदै गएको छ । कोरोना संक्रमितहरुलाई एम्बुलेन्सको समेत सुविधा नहुदाँ एक महिलाले बाटैमा ज्यान गुमाउन बाध्य भएकी छन् । १० दिन देखि कोरोना संक्रमणको लक्षणपछि घरमै क्वारेन्टाईनमा रहेकी ती महिला एम्बुलेन्स सरकारले उपलव्ध नगराए पछि स्कुटरमा चढेर अस्पताल हिडेकी थिईन् ।
पान्डु राव नामकी ती महिलालाई ज्वरो र रुघाखोकी लागेर साह्रै भए पछि एम्बुलेन्स नपाउदा स्कुटरमै अस्पताल लान खोज्दा बाटैमा ज्यान गएको भन्दै परिवारजन चिन्तित बनेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या ११ हजार भन्दा माथि छ भने मृतकको संख्या ४ सय नजिक पुगेको छ ।
थप तीन साताका लागि अकडाउन थपिए पछि त्याहाँ गरबि तथा मजदुरहरु निकै मारमा परेका छन् । जसका कारण हिजो उनीहरुले बाद्रामा हजारौको संख्यामा जम्मा भएर घर जान पाउनु पर्ने माग राख्दै नाराबाजी समेत गरेका थिए ।
पछि प्रहरीले लाठी चार्ज गरी करीब एक हजार जनालाई नियन्त्रणमा लिएर मुद्धा चलाएको छ ।