भर्जिनियामा बस्दै आएका प्रा.डा.बिष्णु पौडेलको ८९ बर्षको उमेरमा निधन भएको छ । अप्रिल १४ मंगलबारका दिन उहाको निधन अस्पतालमा भएको हो ।
साउथ एशिया क्षेत्रको नीति अध्ययनमा ह्वाईट हाउसलाई परामर्श दिने टोलीलाई दुई कार्यकाल नेतृत्व गर्नु भएका उहाँ ५० बर्ष अघि अमेरिका आउनु भएको थियो ।
नेपाली समुदायका एक होनहार ,प्रतिभाशाली र नेपाली लगायत विभिन्न एसियन अमेरिकन संघरसंस्था नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो ।
स्व पौडेल अंग्रेजी, संस्कृत, नेपाली,हिन्दी लगायत अन्य केही स्थानीय भाषाका ज्ञाता हुनु हुन्थ्यो । उहा नेपाल शिक्षा तथा सांस्कृति केन्द्र(एनईसीसी)को बोर्ड अफ ट्रस्टी (गुठि सदस्य )पनि हुनु हुन्थ्यो ।
भर्जि्नियाको फेयरफ्याक्स स्थित चर्चित दुर्गा मन्दिरको संचालन समितिमा दुई कार्यकाल सम्म नेतृत्व गर्नु भएको थियो ।
धेरै पहिले अमेरिका आउने मध्येका स्व पौडेल एक हुनु हुन्थ्यो भने समुदायले सदैव एक बौद्धिक व्यक्तित्वको रुपमा उहालाई हेर्ने गर्थ्यो । तार्किक शक्ति ,प्रवचन,ज्ञानगुनका कुरामा निकै गहिरो ज्ञान हुनु भएका पौडेलको निधनले नेपाली समुदायलाई अपूरणीय क्षति भएको छ ।