बैशाख ३ जापान । विगत केही समयदेखि जापानमा पेटको क्यान्सरसँग लडिरहेका काभ्रे जिल्लाको चौंरी देउराली गाउँपालिका वडा नं ३ (सलम्बु)का सानु तामाङ को उपचारार्थ नेपाल तामाङ समाज जापानले रू दश लाख ७५ हजार ८ सय ८५ रुपैया अर्थात जापानी येन ९ लाख ६१ हजार ५ सय ५६ सहयोग संकलन गरी हस्तान्तरण गरेको छ ।
नेपाल तामाङ समाज जापानको विभिन्न क्षेत्रीय समितिहरु र केन्द्रीय समिति गरी उक्त रकम संकलन गरिएको केन्द्रीय महासचिव बलराम थिङ तामाङले बताउनु भयो ।
जस अनुसार नेपाल तामाङ समाज जापानको केन्द्रीय समिति बाट ४ लाख १३ हजार २ सय १८ येन, नेपाल तामाङ समाज जापान च्युबु (नागोया)क्षेत्रीय समितिबाट २ लाख ९२ हजार २ सय २६ येन, नेपाल तामाङ समाज जापान ( किताकान्तो (टोचिगी)क्षेत्रीय समितिबाट एक लाख ११ हजार एक सय येन, नेपाल तामाङ समाज जापान क्युस्यु(फुकुओका)क्षेत्रीय समितिबाट एक लाख ५ हजार येन र
नेपाल तामाङ समाज जापान( ओकिनावा क्षेत्रीय समितिबाट (४० हजार १२ येन संकलन गरीएको समाजका केन्द्रीय कोषाध्यक्ष गिर बहादुर तामागंले जानकारी दिनु भयो ।
समाजका प्रतिनिधिहरू बिरामी सानु तामाङ को निवासमा पुगेर अवस्था बुझेपछि समाजको अगुवाइमा आर्थिक संकलन अभियान संचलन गर्न सबै क्षेत्रतिर केन्द्रीय समितिले आव्हान गरिएको थियो ।
कोरोना भाइरसको प्रभावका कारण समाजले बिरामी सानु तामाङको खातामा उक्त रकम जम्मा गरिएको छ ।
आर्थिक आभाव र क्यान्सर बाट पीडित भई चिन्तित रहेका सानु तामाङले आर्थिक सहयोग जुटे संगै खुसी र आफू बाँच्ने मा थप हौसला मिलेको बताउनु भएको छ ।
सहयोग गर्नेहरुको सूची यस प्रकार छ :
