एजेन्सी बैशाख ३ । विश्वभर फैलिरहेको कोरोनाले एकै दिन करीब ६हजार मानिसको मृत्यु भएको छ । यो सगँै कुल मृत्यु हुनेको संख्या एक लाख २५ हजार ६ सय नाघेको छ । जोन हप्किन्स विश्व विद्यालयको पछिल्लो तथ्याकं अनुसार कुल संक्रमितको संख्या १९ लाख ७७ हजार ८ सय भन्दा बढी छ ।
सबै भन्दा धेरै अमेरीकामा एकै दिन करीब २ हजारको मृत्यु भएर २५ हजार ५ सय नाघेको छ । त्याहाँ ६ लाख २ हजार भन्दा बढी संक्रमित भएका छन् ।
यसै गरी ईटालीमा मृतकको संख्या २१ हजार नाघेको छ भने संक्रमित एक लाख ६२ हजाार ४ सय नाघेको छ ।
यस्तै स्पेनमा मृत्यु हुनेको संख्या १८ हजार पार गरेको छ भने संक्रमितको संख्या एक लाख ७२ हजार नाघेको छ ।
यसै गरी बेलायतमा मृतकको संख्या १२ हजार एक सय नाघेको छ भने ९४ हजार ५ सय ४८ संक्रमितको संख्या पुगेको छ ।
यसै गरी फ्रान्समा मृत्यु हुनेको संख्या १५ हजार ७ सय ४८ पुगेको छ भने संक्रमित एक लाख ३१ हजार ३ सय नाघेको छ ।
यस्तै जर्मनीमा एक लाख ३१ हजार ३ सय संक्रमित पुगेको छ भने त्याहाँ ३२ सय ९४ को मृत्यु भएको छ ।
यस्तै ईरानमा मृतकको पहिलो पटक मृतकको संख्यामा कमी आएको छ । एक सय भन्दा कम मृत्यु भएर त्याहाँ कुल संख्या ४६ सय ८३ पुगेको छ । संक्रमित भने ७४ हजार ८ सय ७७ पुगेको छ ।
चीनमा पछिल्लो दिनमा संक्रमित थपिएर कुल ८३ हजार नाघेको छ । यस मध्ये धेरै जसो निको भएर घर फर्किएका छन् । ३३ सय ४५ जनाको चीनमा मृत्यु भएको थियो ।
टर्कीमा मृतकको संख्या १४ सय नाघेको छ भने ६५ हजार बढी संक्रमित भएका छन् ।
यता भारतमा कोरोनाको संक्रमित एकै दिन एक हजार भन्दा बढी थपिएर ११ हजार ४ सय नाघेको छ भने मृतकको संख्या ३ सय ९३ पुगेको छ ।
पाकिस्तानमा संक्रमितको संख्या ६ हजार नजिक पुगेको छ भने मृतकको संख्या एक सय ७ पुगेको छ ।
उता रुसमा कोरोना संक्रमितको संख्या २१ हजार नाघेको छ भने मृतक एक सय भने एक सय ७० जनाको मृत्यु भएको छ ।
यसै गरी साउदी अरबमा पनि कोरोनाको कहर तीव्र हुदै गएको छ । त्याहाँ करीब ६५ जनाको मृत्यु भएको र राजपरिवारका सदस्य सहित ५ हजार हाराहारी संक्रमित भएको जनाईएको छ ।