अमेरीकी राष्ट्रपति ट्रम्पद्धारा विश्व स्वास्य संगठनलाई दिईदै आएको सहयोग रोक्का

अमेरीकी राष्ट्रपति ट्रम्पद्धारा विश्व स्वास्य संगठनलाई दिईदै आएको सहयोग रोक्का

  • बुधबार, बैशाख ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

एजेन्सी बैशाख ३ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्लुएचओलाई दिईदै आएको सहायेग रोक्का गरेका छन् ।
ह्वाईट हाउसको नियमित पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनले कोरोना भाईरस नियन्त्रणमा सही व्यवस्थापन नगरेको आदि कारण देखाउदै सहयोग रोक्न निर्देशन दिएको बताए ।
यस अघि ट्रम्पले कोरोना भाईरस पछि विश्व स्वासथ्य संगठन चीन पक्षधर भएको भन्दै कडा आलोचना गरेका थिए । जसको स्वास्थ्य संगठनले खंडन गरेको थियो । डब्लुएचओलार्ई अमेरीकाले बार्षिक ४० करोड डलर सहयोग दिदै आएको छ । यो विश्वका अरु देशको तुलनामा सबै भन्दा बढी हो ।
ट्रम्पले डब्लुएचओको गल्तीकै कारण विश्वमा सबै भन्दा धेरै मानिसको यो भाईरसले मृत्यु भएको जिकिर गरेका छन् ।
यस विषयमा समीक्षा गरेको र डब्लुएचओले राम्रो काम नगरेको ट्रम्पको प्रतिकृया छ ।
अन्तराष्ट्रिय सार्वजनिक निकायमा अमेरीकाले अनुदान ठूलो मात्रामा रोक्का गरेको पहिलो पटक हो । यस बिषयमा अन्तराष्ट्रिय क्षेत्रमा समेत विवाद र विरोध हुन सक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ