श्रीलङ्कामा कफ्र्यू आदेश उल्लङ्घन गर्ने २६ हजार व्यक्ति पक्राउ

श्रीलङ्कामा कफ्र्यू आदेश उल्लङ्घन गर्ने २६ हजार व्यक्ति पक्राउ

  • मङ्लबार, बैशाख २, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

कोलम्बो, २ वैशाख । कोरोना भाइरस सङ्क्रमणको प्रकोप विश्वव्यापी बनिरहेका समय नियन्त्रण तथा रोकथामका लागि मार्च २० पछि जारी गरेको निशेधाज्ञा (कफ्र्यू आदेश) उल्लङ्घन गर्ने २६ हजार व्यक्तिलाई देशभरबाट पक्राउ गरिएको श्रीलङ्काको प्रहरीले मङ्गलबार बताएको छ । प्रहरीले विगत २४ घण्टामा एक हजार ६०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ ।

सरकारद्वारा जारी निशेधाज्ञालाई उनीहरूले उल्लङ्घन गरेका प्रहरीको दावी छ । प्राप्त जानकारी अनुसार उनीहरूलाई निशेधाज्ञाको समयमा सडकमा अनावश्यक आवतजावत गर्ने, सार्वजनिक स्थानमा भेला हुने र रक्सी मद्यपान सेवन गर्ने, अत्यावश्यक काममा बाहेक रमाइलो वा घुमघामका लागि सडकमा सवारी साधन चलाउने, रेष्टुरेण्ट खुला राख्ने र सडकमा अभद्र तथा उद्दण्ड क्रियाकलाप गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको अधिकारीले बताएका छन् ।

प्रहरीले उक्त अवधिमा छ हजार ७०० सवारी साधनलाई पनि नियन्त्रणमा लिएको बताइएको छ भने पक्राउ परेका सबै जनालाई आगामी दिनमा स्थानीय अदालतहरूमा पुर्पक्षका लागि पेश गरिने बताइएको छ ।

श्रीलङ्काले मार्च २० देखि जारी गरेको कफ्र्यू आदेश खाद्यान्न तथा अत्यावश्यक सामग्रीको पुनःसञ्चय गर्नका लागि गत हप्ता एक दिन केही घण्टाका लागि खुला गरेको थियो ।

श्रीलङ्कामा मङ्गलबारसम्ममा २१८ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । यसमध्ये ५९ जना निको भएका छन् । अन्य १४२ जनाले सरकारद्वारा तोकिएको अस्पतालमा उपचार सेवा र निगरानीका लागि राखिएको छ । यहाँ हजारौँ विदेशबाट आएका वा विदेशबाट आएका व्यक्तिसँगको सम्पर्कमा आएका व्यक्तिलाई उनीहरूकै घर वा प्रशासनद्वारा स्थानीय स्तरमा निर्माण गरेका क्वारेन्टाइन केन्द्रमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ