भारतमा कोरोनाको संक्रमण बढेपछि मोदीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

भारतमा कोरोनाको संक्रमण बढेपछि मोदीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

  • मङ्लबार, बैशाख २, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ २ बैशाख ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरी एकपटक आज (मंगलवार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री मोदीको कार्यालयले बिहान १० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने जानकारी दिइएको छ ।

गत मार्च २५ देखि जारी २१ दिनको लकडाउन सकिन एक दिन अघि मोदीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । मोदीले लकडाउनको अवधि बढाउने घोषणा गर्ने अनुमान गरिएको छ ।

कोरोना भाइरसको महामारीका बीच लकडाउन चलिरहदा मोदीले पटक पटक सम्बोधन गरेर आम जनतालाई कोरोनाबाट बच्न सामाजिक दुरी बनाउन अपिल गर्दै आएका छन् । भारतीय मिडियाका अनुसार सरकारले अप्रिल ३० सम्म लकडाउनको अवधि बढाउने तयारी गरेको उल्लेख गरेका छन् ।

भारतमा केन्द्र सरकारले लकडाउनको अवधि नथप्दै कैयौं राज्यले लकडाउनको अवधि बढाईसकेका छन् ।

यसरी लकडाउन बढाउने राज्यमा पंजाव, पश्चिम बङ्गाल, तेलंगाना, महाराष्ट्र र उडीशा राज्यले लकडाउनको अवधि अप्रिल ३० सम्म बढाईसकेका छन् । भारतमा कोरोनाले ३५१ जनाको मृत्यु भएको छ भने १० हजार ३ सय बढी संक्रमित छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ