कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या एक लाख १९ हजार नजिक, संक्रमित १९ लाख १८ हजार बढी

कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या एक लाख १९ हजार नजिक, संक्रमित १९ लाख १८ हजार बढी

  • मङ्लबार, बैशाख २, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

एजेन्सी बैशाख २ । विश्वभर फैलिरहेको कोरोनाले एकै दिन करीब ५ हजार मानिसको मृत्यु भएको छ । यो सगँै कुल मृत्यु हुनेको संख्या एक लाख १९ हजार नजिक पुुगेको छ । जोन हप्किन्स विश्व विद्यालयको पछिल्लो तथ्याकं अनुसार मृतकको कुल संख्या एक लाख १९ हजार ५ सय ६६ पुगेको छ । त्यस्तै १९ लाख १८ हजार बढी संक्रमित भएका छन् ।
सबै भन्दा धेरै अमेरीकामा २३ हजार ५ सय २९ जनाको ज्यान गएको छ भने भन्दा धेरैको ज्यान गएको छ । त्याहाँ ६ लाख ८२ हजार बढी संक्रमित पुगेको छ ।
यसै गरी ईटालीमा मृतकको संख्या २० हजार ४ सय ६५ पुगेको छ भने संक्रमित एक लाख ५९ हजार भन्दा बढी छ ।
यस्तै स्पेनमा मृत्यु हुनेको संख्या १७ हजार ७ सय नाघेको छ भने संक्रमित १ लाख ७० हजार नाघेको छ ।
यसै गरी बेलायतमा मृतकको संख्या ११ हजार ६३ सय नाघेको छ भने संक्रमित ८९ हजार पुगेको छ ।
यसै गरी फ्रान्समा मृत्यु हुनेको संख्या १५ हजार नजिक पुगेको छ भने भने संक्रमितको संख्या एक लाख ३७ हजार ८ सय भन्दा बढी रहेको छ ।
यस्तै जर्मनीमा एक लाख ३० हजार संक्रमित पुगेको छ भने त्याहाँ ३१ सयको मृत्यु भएको छ ।
यस्तै ईरानमा मृतकको संख्या ४५ सय ८५ पुगेको छ भने संक्रमितको संख्या ७३ हजार ३ सय भन्दा बढी छ ।
टर्कीमा मृतकको संख्या १२ सय ९६ पुगेको छ भने ६१ हजार संक्रमित भएका छन् ।
कोरोना फैलिन शुरु गरेको चीनमा फेरी नयाँ कोरोना संक्रमित भेटिन शुरु भएको छ । चीनमा २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । चीनमा कुल ३३ सय बढीको मृत्यु भएको छ भने ८२ हजार बढी संक्रमित थिए ।
यता भारतमा कोरोनाको संक्रमण र मृत्यु निरन्तर बढीरहेको छ । भारतमा अहिले सम्म १० हजार ४ सय भन्दा बढी संक्रमित पुगेको छ भने ३ सय ५८ जनाको ज्यान गएको छ ।
पाकिस्तानमा संक्रमितको संख्या ५ हजार ४ सय ९६ संक्रमित पुगेको छ भने मृतकको संख्या ९३ पुगेको छ ।
उता रुसमा कोरोना संक्रमितको संख्या १८ हजार नाघेको छ भने मृतक एक सय भने एक सय ४८ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी