एजेन्सी बैशाख १ । चीनीया जनमुक्ति सेनाको नेभीले कोरोना नियन्त्रणमा अमेरीकी नेभीले भन्दा सफलतापूर्वक भूमिका निर्वाह गरेको दाबी गरिएको छ ।
जनमुक्तिसेनाको समाचारलाई उद्धृत गर्दै सिएनएनले जनाए अनुसारमा हप्तौ सम्म प्रशान्त महासागरमा चीनीया सेनाको एयरक्रयाफ्ट क्यारियर लियोनिगं सहित क्षेप्यास्त्र प्रतिरोधी जहाज र प्रहार गर्न सक्ने जहाजहरु सहित ताईवान र जापानको नजिक पनि अप्रेसन चलाएको थियो ।
जब कि अमेरीकाको शक्तिशाली युद्धपोत थियोडोर रुजबेल्ट कोरोनाग्रस्त भएर फर्किएको छ । त्याहाँको करीब ५ हजार सेनालाई क्वारेन्टाईनमा राखिएको छ । क्रु मेम्बर मध्य ५ सय ८५ जना कोरोना संक्रमित भएको सिएनएनले जनाएको छ । रुजबेल्ट युद्धपोत अमेरीकाको सबै भन्दा शक्तिशाली आणविक हतियार प्रहार गर्न सक्ने युद्दपोत हो । जसमा सयौं लडाकु विमानहरु अवतरण र उडान भर्न सक्छन् ।
कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दै लियोनिगं युद्धपोत र अन्य उपकरणले सफलतापूर्वक अप्रेसन गरेको समाचारमा उल्लेख छ ।
हतियार नियन्त्रण तथा निशस्त्रीकरण संघका बरिष्ठ सल्लाहकार गुयागं युले जनमुक्ति सेनाले जुनसुकै बेला , जस्तो सुकै ठाँउमा युद्धको सामना गर्न सक्ने क्षमता देखाएको प्रतिकृया दिएका छन् ।