मलेसियामा कार्यरत एक नेपाली श्रमिकको मृत्यु भएको छ । नुवाकोट घर भएका सुजन रानाको आज बिहान मृत्यु भएको हो।
आजै विहान उठेर डिउटी जाने समयमा अचानक मुटुमा समस्या देखा परेर लडेका सुजनको साथिहरुले उठाउन खोज्दा खोज्दै मृत्यु भएको थियो ।
३३ बर्ष उमेरका सुजन मलेसियाको काजाङ स्थित राम सेक्युरिटी सर्भिस नामक सेक्युरिटी गार्ड कम्पनिमा सुरक्षागार्डमा कार्यरत रहेका थिए ।
सुजनले हिजो आईतवार आफूलाई हल्का सञ्चो नभएको साथिहरुलाई बताएका मलेशियाबाट उनका साथीहरुले जानकारी दिएका छन् । र्तक सुजनकाे हालसम्ममा त्यस्ताे कुनै नसालु पदार्थ अथवा पेय पदार्थ प्रयाेग गर्ने बानि नभएकाे उनिसंगै कामगर्ने नेपालीहरुले बताए ।
हृदयघात को कारण मृत्यु भएको संका गरिएको उनको मृत शरिर पोस्टमार्टमको लागि स्थानिय अस्पतालमा लगिएको जनाइएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline