कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघ्यो , संक्रमित १८ लाख ४६ हजार माथि

कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघ्यो , संक्रमित १८ लाख ४६ हजार माथि

  • सोमवार, बैशाख १, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी बैशाख १ । विश्वभर फैलिरहेको कोरोनाले एकै दिन करीब ५ हजार मानिसको मृत्यु भएको छ । यो सगँै कुल मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघेको छ । जोन हप्किन्स विश्व विद्यालयको पछिल्लो तथ्याकं अनुसार १८ लाख ४६ हजार नागरिक संक्रमित भएका छन् भने ४ लाख ६१ हजार निको भएका छन् ।
सबै भन्दा धेरै अमेरीकामा २२ हजार भन्दा धेरैको ज्यान गएको छ । त्याहाँ ५ लाख ५५ हजार बढी संक्रमित भएका छन् ।
यसै गरी ईटालीमा मृतकको संख्या १९ हजार ८ सय ९९ पुगेको छ भने संक्रमित एक लाख ५ हजार भन्दा बढी छ ।
यस्तै स्पेनमा मृत्यु हुनेको संख्या १७ हजार २ सय २ पुगेको छ भने संक्रमित १ लाख ६३ हजार नाघेको छ । एक लाख ६६ हजार माथि छ ।
यसै गरी बेलायतमा मृतकको संख्या १० हजार ६ सय नाघेको छ भने संक्रमित ८५ हजार पुगेको छ ।
यसै गरी फ्रान्समा मृत्यु हुनेको संख्या १४ हजार ४ सय नाघेको छ भने संक्रमितको संख्या एक लाख ३३ हजार माथि पुगेको छ ।
यस्तै जर्मनीमा एक लाख ३० हजार संक्रमित पुगेको छ भने त्याहाँ ३ हजार २२ जनाको मृत्यु भएको छ ।
यस्तै ईरानमा मृतकको संख्या ४४ सय नाघेको छ भने संक्रमितको संख्या ७१ हजार ६ सय भन्दा बढी छ ।
त्यस पछि टर्कीमा मृतकको संख्या १२ सय नजिक पुगेको छ भने ५६ हजार संक्रमित भएका छन् । लकडाउनले अवस्था विग्रदै गए पछि त्याहाँका गृहमन् त्रीले राजीनामा दिएका छन् ।
कोरोना फैलिन शुरु गरेको चीनमा फेरी नयाँ कोरोना संक्रमित भेटिन शुरु भएको छ । चीनमा कुल ३३ सय बढीको मृत्यु भएको छ भने ८२ हजार बढी संक्रमित थिए ।
यता भारतमा कोरोनाको संक्रमण र मृत्यु निरन्तर बढीरहेको छ । भारतमा अहिले सम्म ९ हजार एक सय ८५ जना संक्रमित भएको र मृतकको संख्या ३ सय माथि पुगेको छ ।
पाकिस्तानमा संक्रमितको संख्या ५ हजार ३ सय ६२ संक्रमित पुगेको छ भने मृतकको संख्या ९२ पुगेको छ ।
उता रुसमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय पुगेको छ भने एक सय ३० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ