विश्वका ५२ देशमा करिब २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित : डब्लुएचओ

विश्वका ५२ देशमा करिब २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित : डब्लुएचओ

  • आइतवार, चैत्र ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

कोरोनाभाइरस को सङ्क्रमणका कारण बढी प्रभावित विश्वका विभिन्न ५२ मुलुकमा २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठनले आइतबार जानकारी गराएको छ ।

डब्लुएचओको दैनिक रिपोर्टअनुसार कोभिड–१९ का कारण २२ हजार ७३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । गत बुधबारसम्मको प्रतिवेदनबारे जानकारी दिँदै अधिकारीले भनेका छन्, “सङ्क्रमित स्वास्थ्यकर्मीको तथ्याङ्कलाई व्यवस्थित गर्न नसकिएको तर डब्लुएचओले प्राप्त गरेको तथ्याङ्कमा २२ हजार ७३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएको पाइएको छ ।”

प्रारम्भिक तथ्याङकले अधिकांश स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस सङ्क्रमण विरामीलाई उपचार सेवा दिने क्रममा भएको देखाएको छ । तर कतिपय स्वास्थ्यकर्मी आफ्नै समुदायमा फैलिएको सङ्क्रमणका कारण विरामी परेका जाइएकाको छ । उनीहरूमा देखिएको सङ्क्रमण प्राय सङ्क्रमित भनेर उपचारका लागि लगिएका विरामीसँगबाट भन्दा पनि विरामीका आफन्तजनबाट सरेको पाइएको छ । सङ्क्रमित विरामीसँग चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले अपनाउनु पर्ने सावधानीका बावजुद् पनि उनीहरू सङ्क्रमित भएका तथ्यहरू भेटिएको डब्लुएचओले जनाएको छ ।

अग्रपङ्तीमा रहेर सङ्क्रमितको उपचार गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा सरसफाईमा सम्लग्न रहने स्वास्थ्य संस्थाका कामदारले मास्क, चस्मा, पञ्जा तथा गाउनजस्ता व्यक्तिगत सुरक्षा सामग्रीको सही प्रयोग गरी सङ्क्रमणबाट आफु र अरूलाई बचाउन प्रर्याप्त सावधानी अपनाउनुपर्नेमा पनि विश्व स्वास्थ्य संगठनले जोड दिएको छ । स्वास्थ्यकर्मीबाट पनि सङ्क्रमण फैलिएका बताउँदै संगठनले सही पद्धतिमार्फत् काम गर्न उनीहरूलाई आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ