चैत्र ३० काठमाण्डौं । कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आउनुभएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको थियो ।
मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आउनुभएको थियो । चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताउनुभयो ।
यस अघि बेलायतमा दुई भूतपूर्व गोर्खा सैनिक सहित ५ नेपालीको कोरोनाका कारण मृत्यु भईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline