चैत्र ३० एजेन्सी । बेलायती प्रधानमन्त्री बोरीस जोनसोनले आफू मृत्युको नजिक पुगेर पनि श्वास्थ्यकर्मीका कारण बाच्न सफल भएको भन्दै उनीहरुलाई कृतज्ञता व्यक्त गरेका छन् ।
आईसीयुमा तीन रात बसेर स्वास्थ्यमा सुधार भए पछि प्रधानमन्त्री जोनसोनले डाक्टर र नर्सहरुप्रति कृतज्ञ हुदै पर्याप्त धन्यवाद समेत भन्न समेत नसकेको बताउदै नर्सहरु र अस्पतालले आफ्नो जीवन बचाएको बताए ।
लण्डनको थोमस अस्पतालमा उनको उपचार भएको थियो । उनी विश्वकै पहिलो कोरोना संक्रमित कार्यकारी प्रमुख हुन् ।
बेलायतमा चिकित्सक र नर्सहरुलाई पिपिई र मास्कको अभावमा उनीहरुको स्वास्थ्य जोखिममा रहेको देखिएको छ । यस अघि जोनसेनलाई सामाजिक सञ्जालबाट पिपिई र मास्क माग्ने डा. चौधरीको यस अघि कोरोनाले ज्यान लिईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline