एजेन्सी चैत्र ३० । विश्वभर फैलिरहेको कोरोनाले सबै भन्दा ठूलो विपत्ति ल्याएको अमेरीकामा मृतक र संक्रमितको संख्या अत्याधिक मात्रामा बढेको छ । अमेरीकामा हाल विश्वमै सबै भन्दा धेरै २० हजार बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या ५ लाख २५ हजार पुगेको छ । यस अघि पहिलो स्थानमा रहेको ईटालीमा १९ हजारको मृत्यु भएको छ । यो सगँै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख ८ हजार ५ सय नाघेको छ । त्यस्तै संक्रमित १७ लाख ७१ हजार नाघेको छ । यसै गरी ४ लाख २ हजार बढी संक्रमितहरु भने निको भएर घर फर्किएका छन् ।
ठूलो मात्रामा बिरामीको संख्या बढे पछि अस्पतालहरुमा भेन्टिलेटरको अभाव,श्वास्थ्यकर्मीहरुलाई मास्क सहित पिपिईको अभाव भएको भन्दै नर्सहरुले प्रदर्शन नै गर्न थालेका छन् । मृतकहरुको शब समेत दाहासंस्कार गर्न समस्या भईरहेको छ । अहिले मृतकहरुको शबलाई सामुहिक रुपमा अन्त्यष्टी गर्न शुरु गरिएको अमेरीकी सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसै गरी ईटालीमा मृतकको संख्या १९ हजार ४ सय ६८ पुगेको छ भने संक्रमित एक लाख ५२ हजार भन्दा बढी छ ।
जोन हप्किन्स विश्व विद्यालयको पछिल्लो तथ्यांक अनुसार स्पेनमा मृत्यु हुनेको संख्या १६ हजार ६ सय ६ पुगेको छ भने संक्रमित १ लाख ६३ हजार नाघेको छ ।
यसै गरी बेलायतमा पनि एकै दिन ९ सय १७ जनाको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा केही कमी हो । यो सगैँ बेलायतमा मृतकको संख्या ९ हजार ८ सय नाघेको छ भने संक्रमित ७९ हजार पुगेको छ ।
यसै गरी फ्रान्समा मृत्यु हुनेको संख्या १३ हजार ८ सय नाघेको छ भने संक्रमितको संख्या एक लाख ३० हजार माथि पुगेको छ ।
यस्तै जर्मनीमा एक लाख २४ हजार संक्रमित पुगेको छ भने मृत्यु दर निकै कम छ । त्याहाँ २७ सय ६३ जनाको मृत्यु भएको छ ।
यस्तै ईरानमा मृतकको संख्या ४३ सय नाघेको छ भने संक्रमितको संख्या ७० हजार भन्दा बढी छ ।
त्यस पछि टर्कीमा निकै तीव्र गतिमा कोरोना बढीरहेको छ । कफ्र्यु र लकडाउनका बीच पनि टर्कीमा मृतकको संख्या ११ सय पुगेको छ भने संक्रमित ५२ हजार नाघेको छ ।
कोरोना फैलिन शुरु गरेको चीनमा फेरी ४६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् भने ३ जनाको मृत्यु भएको अन्रतराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनमा कुल ३३ सय बढीको मृत्यु भएको छ भने ८२ हजार बढी संक्रमित थिए ।
यता भारतमा कोरोनाको संक्रमण र मृत्यु निरन्तर बढीरहेको छ । भारतमा अहिले सम्म ८ हजार ४ सय बढी संक्रमित पुगेका छन् भने मृतकको संख्या २ सय ८८ पुगेको छ ।
पाकिस्तानमा संक्रमितको संख्या ५ हजार पार गरेको छ भने मृतकको संख्या ८६ पुगेको छ ।
उता रुसमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय पुगेको छ भने एक सय ६ जनाको मृत्यु भएको छ ।