न्यूयोर्क चैत्र २९ । कोरोनाको केन्द्र बनेको अमेरीकामा यस महामारीबाट मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ । आज कोरोनाबाट थप एक नेपाली ४७ बर्षीय राजकुमार थापाको ज्यान गएको छ । यस अघि अजय छोचनको हृदयघातका कारण मृत्यु भएको भनिए पनि उनको शब अझै सम्म परिवारलाई दाहासंस्कारका लागि नदिएको न्यूयोर्कबाट प्रवासी नेपाली मञ्चका पूर्व अध्यक्ष सञ्जय थापाले जानकारी दिए ।
कोरोनाका कारण मृत्यु भएका कोही पनि नागरिकको शब परिवारलाई दिईएको छैन । राज्यले आफै व्यवस्थापन गर्दछ ।
अमेरीकाको न्यूयोर्क सहित विभिन्न राज्यमा गरी एक हजार जति नेपाली संक्रमित भएको थापाले अनुमान गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline