विश्वमै कोरोनाबाट धेरै मानिसको मृत्यु भएको ईटालीले ९ मार्च देखि जारी लक डाउन ३ मे सम्मका लागि थपेको घोषणा गरेको छ ।
ईटालीका प्रधानमन्त्री कोन्टेले लकडाउनमा कडाई पछि कोरोनामा केही नियन्त्रण आएको देखिएकाले यसलाई लम्ब्याईएको बताएका छन् । इटालीमा पछिल्लो समय मृतकको संख्यामा कमी आउदै गएको छ । त्याहाँ कुल १८ हजार ८ सय बढीको मृत्यु भएको छ ।
यस्तै बेलायतले पनि कोरोना विरुद्धको भ्याक्सिन तयार नहुदाँ सम्म सामाजिक दुरी र कडाई जारी राख्ने बताएको छ । लक डाउननै नभने पनि उसले कोरोनाले उग्र रुप लिदै गएका पनि कडा मापदण्ड बनाउने जनाएको छ ।
अरु धेरै देशहरुमा लकडाउन, कफ्र्यु आदि जारी रहेका कारण दशौं करोड मानिसको रोजीरोटी गुमेको छ भने भोकमरीको ठूलो चपेटामा मानिसहरु पर्ने देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline