कोरोना : विश्वभर मृत्यु हुनेको संख्या एक लाख २ हजार माथि , संक्रमित १७ लाख नजिक , बेलायतमा एकै दिन ९ सय ८० जनाको मृत्यु

कोरोना : विश्वभर मृत्यु हुनेको संख्या एक लाख २ हजार माथि , संक्रमित १७ लाख नजिक , बेलायतमा एकै दिन ९ सय ८० जनाको मृत्यु

  • शनिबार, चैत्र २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

एजेन्सी चैत्र २९ । विश्वभर अनियन्त्रित बनेको कोरोना भाईरसका कारण २४ घण्टामा सात हजार बढी मानिसको मृत्यु भएको छ । यो सगँै कुल मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । जोन हप्किन्स विश्व विद्यालयको पछिल्लो तथ्यांक अनुसार पछिल्लो तथ्याकं अनुसार मृतकको संख्या एक लाख २ हजार ५ सय २५ पुगेको छ । त्यसै गरी संक्रमितको १६ लाख ९१ हजार ७ सय १९ पुगेको छ । त्यस्तै तीन लाख ७२ हजार निको भएका छन् ।
सबै भन्दा धेरै अमेरीकामा करीब ५ लाख संक्रमति पुगेका छन् भने मृतकको संख्या ह्वात्तै बढेर १८ हजार ५ सय नाघेको छ । यो भनेको ईटालीको भन्दा करीब ३ सयले मात्रै कमी हो । पछिल्लो २४ घण्टामा मात्रै अमेरीकामा १७ सय बढीको ज्यान गएको छ । स्वास्थ्य अधिकारीहरुले आज पनि धेरै मानिसको मृत्यु हुन सक्ने चेतावनी यस अघि दिएका थिए ।
यसै गरी बेलायतमा पनि एकै दिन ९ सय ८० जनाको मृत्यु भएको छ । यो अहिले सम्म एकै दिन मर्नेको संख्या सबै भन्दा बढी हो । यो सगैँ बेलायतमा मृतकको संख्या ९ हजार जजिक पुगेको छ भने संक्रमित ७४ हजार नाघेका छन् ।
विश्वमै सबै भन्दा धेरै मानिसको मृत्यु हुनेमा ईटाली पहिलो रहेको छ । पछिल्लो विवरण अनुसार ईटालीमा १८ हजार ८ सय बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ४७ हजार ७ सय नाघेको छ ।
यस्तै स्पेनमा एक लाख ५८ हजार बढी संक्रमित छन् भने १६ हजार ८१ जनाको मृत्यु भएको छ ।
यसै गरी फ्रान्समा मृत्यु हुनेको संख्या १३ हजार २ सय नाघेको छ । यहाँ एकै दिन ९ सय ८७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख २५ हजार ९ सय ३१ पुगेको छ ।
यस्तै जर्मनीमा एक लाख २२ हजार बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या २७ सय नाघेको छ ।
यस्तै ईरानमा मृतकको संख्या ४२ सय नाघेको छ भने संक्रमितको संख्या ६८ हजार २ सय भन्दा बढी छ ।
त्यस पछि टर्कीमा निकै तीव्र गतिमा कोरोनाको गति बढीरहेको छ । कफ्र्यु र लकडाउनका बीच पनि टर्कीमा मृतकको संख्या एक हजार पार गरेको छ भने संक्रमित ४७ हजार नाघेको छ ।
यता भारतमा कोरोनाको संक्रमण तीव्र मात्रामा फैलिरहेको छ । एकै दिन ८ सय बढी संक्रमित थपिएर कुल ६ हजार ७ सय बढी बिरामीको संख्या पुगेको छ । त्यसै गरी मृतकको संख्या समेत २ सय ६ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ