कोरोना भाइरस कोभिड-१९को भयावह अबस्थामा संक्रमणको नियन्त्रणका लागि सिंगो सञ्चार क्षेत्र एकताबद्ध भई भूमिका खेल्न र आफ्नो सुरक्षामा बिशेष साबधानी अपनाउन नेपाल पत्रकार महासंघ जापान शाखाले जापानमा कृयाशिल सबै पत्रकारहरुलाइ आग्रह गरेको छ ।
आज एक प्रेष बक्तब्य प्रकाशित गर्दै महासंघले कोभिड ( १९ संक्रमण नियन्त्रणका लागि व्यस्त समयको बाबजुत असहजतामा पनि चुनौतिको सामना गर्दै सत्य तथ्य समाचार सामग्रीहरु निरन्तर प्रवाह गर्ने कार्यले पत्रकारिता समाजको सबैभन्द धेरै बिश्वसनीय क्षेत्रको रुपमा रहँदै आएको तथ्य उजागर गरेको बताइएको छ ।जापानमा रहेर यस सन्त्रासपूर्ण अवस्थामा भाषाको समस्या हुने नेपालीहरूमाँझ जिम्मेवारपूर्ण ढंगबाट पत्रकारिता गरिरहनुभएका सम्पूर्ण सञ्चारकर्मी मित्रहरुमा आभार प्रकट गरेको छ ।
महासंघका सचिब शान्त पहरीद्वारा हस्ताक्षरित बक्तब्यमा आपतकालिन अबस्थामा अफवाह फैलन नदिन तथा कसैले अफवाह फैलाएमा त्यसलाई तत्काल रोक्नका लागि र पुष्टि भएका एवं तथ्यमा आधारित समाचार सामग्री मात्र प्रवाह गरेर कोरोना बिरुद्धको लडाईंमा योगदान पुर्याउनका लागि सम्पूर्णमा अपिल समेत गरेको छ ।
