अप्रील ८ का दिन रुसी राष्ट्रपतिले सरकारका अधिकारीहरु र दलका नेताहरुसगँ बिशाल भिडियो सम्मेलन गरे र जनतालाई संवोधन गरे । त्यसो त रुसमा कोरोना बढ्न थाले पछि लागू भएको लकडाउनसगँै पुटिनले रिमोटबाट कार्यलय चलाईरहेका छन् भने कसैसगँ पनि हात मिलाउन र भेट्न छाडेका छन् । उनले यो भिडियो सम्मेलनमा यति विस्वस्त तर्क गरेकी रुसले कोरोनामाथि जीत हात पार्ने छ ।
पुटिनले सवोधनका क्रममा भने प्रिय मित्रहरु! म बुझ्छु कि तपाईंहरु मध्ये धेरै थकित हुनुहुन्छ, कि यो पर्खाल भित्र रहनु परेको छ , तर अरु विकल्प पनि छैन ।
रुसको बिजयसगँै कोरोना विरुद्धको युद्ध सकिने उनले बताए । सबै कुरा समाप्त भएर भएर जाने गर्दछ । त्यसै गरी यो भाईरस पनि जान्छ, हामीले विगतमा पनि यस्ता महामारीहरु अनुभव गरेका छौँ । रुसले सबैकुरामाथि जीत हात पार्दछ , स्वय यो भाईरसमाथि पनि हामी जित्ने छौँ । पुटिनले भने ।
पुटिनले डाक्टरहरुका लागि ८० हजार र नर्सहरुका लागि ५० हजार तीन महिना सम्म अतिरिक्त सुविधा दिने पनि घोषणा गरे । साथै भर्खरै जन्मिएका र तीन बर्ष ननाघेका बच्चाहरुका लागि पोषण सहायता स्वरुप ५ हजार रुबेल मासिक रकम तीन महिना सम्म दिने पनि उनले घोषणा गरे । ३ देखि सात बर्षका बच्चालाई भने ३ हजार रुबेल प्रति महिना दिईने छ । साथै बृद्धहरुको पेन्सन बढाउने, मजदुर तथा साना आय भएका व्यापारी व्यवशायीलाई ठूलो राहत प्याकेजको घोषणा पुटिनले गरेका छन् । त्यस बाहेक तीन महिनाका लागि बृद्धहरुथालाई भत्ता वृद्धि गरेर प्रदान गर्ने, बेरोजगारहरुलाई भत्ता दिने पनि घोषणा रुसले गरेको छ ।
यस्तै रोजगारी गुमाएका मजदुरहरुलाई १२ हजार रुबेल प्रति महिना दिईने घोषणा भएको छ ।
अबको तीन साता रुसका लागि निर्णायक हुने भन्दै पुटिनले केही क्षति विना जीत संभव नभए पनि क्षति कम गर्ने दिशामा लाग्ने बताए । रुसमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ भने ६० जना भन्दा बढीको ज्यान गएको छ ।