पाकिस्तानले सार्क कोभिड आपतकालीन कोषका लागि ३० लाख डलर दिने   

पाकिस्तानले सार्क कोभिड आपतकालीन कोषका लागि ३० लाख डलर दिने   

  • शुक्रबार, चैत्र २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

चैत्र २८ काठमाण्डौं । पाकिस्तानले कोरोना महामारीविरुद्ध जुध्न घोषणा गरिएको एसियाली सहयोग संगठन (सार्क) कोभिड–१९ आपत्‌कालीन कोषमा तीस लाख डलर दिने घोषणा गरेको छ ।

गत १५ मार्चमा सार्क सदस्य राष्ट्रका प्रमुख र उच्च अधिकारीहरुबीच भएको भिडियो कन्फरेन्समा उक्त कोषको घोषणा गरिएको थियो।

मोदीले सोही भिडियो कन्फरेन्समा भारतका तर्फबाट कोषमा एक करोड अमेरिकी डलर दिने घोषणासमेत गरेका थिए। पछि उक्त कोषमा नेपाललगायतका अन्य सार्क मुलुकहरुले पनि सहयोगको घोषणा गरे। नेपालले भने दश लाख डलर दिने घोषणा गरेको छ।  पाकिस्तानी विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोषमा रकम दिने सम्बन्धमा सार्क सचिवालयलाई जानकारी गराइएको जनाएको छ। सार्क सचिवालय काठमाडौंमा छ।

पाकिस्तानले आपत्कालीन कोषमा तीस लाख डलर सहयोग गर्ने घोषणासँगै कोषको परिचालन सार्क सचिवालयबाटै हुनपर्ने आफ्नो पुरानो अडान पनि दोहोऱ्याएको छ। साथै सार्क महासचिव इसाला रुवान विराकुनसँग बिहीबार नै भएको टेलिफोन कुराकानीमा पनि पाकिस्तान विदेश सचिव सोहेल महमुदले यही धारणा दोहोऱ्याएको समेत विज्ञप्तिमा उल्लेख छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ