कोरोनाका कारण विश्वभर मृत्यु एकै दिन ७ हजारबढीको मृत्यु, कुल संख्या ९५ हजार नाघ्यो, संक्रमित पनि १६ लाख नजिक

कोरोनाका कारण विश्वभर मृत्यु एकै दिन ७ हजारबढीको मृत्यु, कुल संख्या ९५ हजार नाघ्यो, संक्रमित पनि १६ लाख नजिक

  • शुक्रबार, चैत्र २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

एजेन्सी चैत्र २८ । विश्वभर जटिल रुप लिदै गएको कोरोना भाईरसका कारण २४ घण्टामा सात हजार बढी व्यक्तिको मृत्यु भएको छ । यो सगँै कुल मृत्यु हुनेको संख्या ९५ हजार ४ सय ५५ माथि पुगेको छ । त्यसै गरी संक्रमितको संख्या पनि १६ लाख नजिक पुगेको छ । जोन हप्किन्स विश्व विद्यालयको हेल्थ सेन्टरको पछिल्लो जानकारी अनुसार कुल संक्रमित १५ लाख ९५ हजार ३ सय ५० भन्दा बढी रहेको छ । साथै ३ लाख ५३ हजार निको भएका छन् ।
पछिल्लो समय कोरोनाले अमेरीकामा सबै भन्दा संक्रमण र मृत्यु बढाईरहेको छ । त्याहाँ संक्रमितको संख्या ४ लाख ६१ हजार पुगेको छ भने १६ हजार ४ सय बढीको ज्यान गएको छ ।
यसै गरी कोरोनाले विश्वमा सबै भन्दा धेरेको ज्यान लिएको छ ईटालीमा । त्याहाँ पछिल्लो तथ्यांक अनुसार १८ हजार २ सय भन्दा बढीको ज्यान गएको छ । एक सय बढी डाक्टरको समेत मृत्यु भएको छ । ईटालीमा कुल संक्रमित एक लाख ४३ हजार भन्दा माथि छ ।
यस्तै स्पेनमा १५ हजार ४ सय बढी मानिसको मृत्यु भएको छ । त्यहाँ कुल संक्रमित पनि एक लाख ५३ हजार नाघेको छ ।
यसै गरी फ्रान्समा मृत्यु हुनेको संख्या १२ हजार २ सय २८ पुगेको छ भने संक्रमितको संख्या एक लाख १८ हजार नाघेको छ ।
यस्तै बेलायतमा मृत्यु हुनेको संख्या ८ हजार नजिक पुगेको छ भने संक्रमित करीब ६५ हजार पुगेको छ ।
यस्तै जर्मनीमा एक लाख १८ हजार बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या २६ सय नाघेको छ ।
यस्तै ईरानमा मृतकको संख्या ४१ सय नाघेको छ भने संक्रमितको संख्या ६६ हजार २ सय भन्दा बढी छ ।
चीनमा ३३ सय बढीको मृत्यु छ भने ८२ हजार संक्रमित थिए । ती मध्य धेरै निको भएर घर फर्किए पनि फेरी केही नयाँ बिरामीहरु देखिएको जनाईएको छ ।
त्यस पछि टर्की, बेल्जियम,स्वीजरल्याण्डमा पनि कोरोनाको संक्रमण र मृत्यु बढ्दै गएको छ । यसै गरी एशिया, अफ्रीका, ल्याटीन अमेरीका लगायतका महादेशमा यसको संक्रमण बृद्धि भईरहेको छ ।
यता छिमेकी मुलुक भारत र पाकिस्तानमा पनि कारोना तीव्र मात्रामा बढीरहेको छ । भारतमा कुल एक सय ६९ जनाको कोरोनाले ज्यान लिएको छ भने ५८ सय भन्दा बढी संक्रमित रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतमा एकै दिन ७ सय बढी नयाँ संक्रमित थपिएका छन् । हिजो ईन्दौरमा एक डाक्टरको समेत मृत्यु भएको छ । त्यस्तै पाकिस्तानमा पनि ४४ सय बढी संक्रमित भएका छन् भने ६५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ