पूर्व अमेरीकी राष्ट्रपति क्लिन्टन र मोनिका लेवेन्सकीको गोप्य फोन रेकर्ड गरेकी लिण्डाको निधन

पूर्व अमेरीकी राष्ट्रपति क्लिन्टन र मोनिका लेवेन्सकीको गोप्य फोन रेकर्ड गरेकी लिण्डाको निधन

  • बिहिबार, चैत्र २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

वासिङ्टन, २७ चैत  । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र ह्वाइट हाउसकी इन्टर्न मोनिका लेविन्स्कीबीचको संवाद गोप्य रुपमा रेकर्ड गरेर चर्चामा आउनु भएकी लिन्डा ट्रिपको ७० वर्षको उमेरमा बुधबार क्यान्सर रोगबाट निधन भएको छ । यही रेकर्ड काण्डका कारण क्लिन्टन विरुद्ध सन् १९९८ मा संसदमा महाभियोग लगाइएको थियो ।

लिन्डाको मृत्युका बारेमा वकील जोसेफ मर्थाले जानकारी दिनु भएको थियो । तर उहाँले मृत्युका बारेमा थप विवरण दिन अस्वीकार गर्नु भयो ।

सन् १९९४ को अगस्टमा लिन्डा ट्रिप अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा सार्वजनिक मामिला विज्ञका रुपमा नियुक्त हुनु भएको थियो । त्यहीबखत लेविन्स्की पनि ह्वाइट हाउसमा इन्टर्नका रुपमा कार्यरत थिइन् । त्यही सिलसिलामा दुबैबीच मित्रता कायम भएको थियो ।

ट्रिपले लेविन्स्कीसँगका गोप्य कुराहरु रेकर्ड गर्नु भएको थियो । कुराकानीका क्रममा लेविन्स्कीले राष्ट्रपति क्लिन्टनसँग आफ्नो प्रेम सम्बन्ध रहेको बताउनु भएको थियो । ट्रिपले लेविन्स्कीसँग गर्नु भएको २० घण्टाभन्दा बढी समयको टेप राष्ट्रपतिको मामिलाको अनुसन्धान गरिरहेका वकील केनेथ स्टारलाई दिनु भएको थियो । यही अनुसन्धानका आधारमा क्लिन्टनमाथि महाभियोग लागेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ