कोरोना भाईरसलाई राजनीतिकरण नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह, ट्रम्प विश्व स्वास्थ्य संगठनमाथि पुनः खनिए

कोरोना भाईरसलाई राजनीतिकरण नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह, ट्रम्प विश्व स्वास्थ्य संगठनमाथि पुनः खनिए

  • बिहिबार, चैत्र २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

एजेन्सी चैत्र २७ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोन अधानोम गेब्रियससले कोरोना भाईरसलाई राजनीतिक करण नगर्न र विश्वव्यापी एकता गर्न अपील गरेका छन् ।
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओ चीन केन्द्रीत भएको भन्दै सहयोग रोक्ने चेतावनी दिएपछि महानिर्देशक टेड्रोसको उक्त अपील सार्वजनिक भएको हो ।
उनले कुनै पनि देशसगँ भेदभाव नगरिएको भन्दै ट्रम्पका आक्षेपहरुको खण्डन गरे । राष्ट्रिय एकता गर्नुस्, त्यस पछि विश्वव्यापी रुपमा महामारी विरुद्ध सहकार्य गर्नुस् भन्दै चीन र अमेरीकाका नेताहरुलाई ईमान्दार भएर प्रस्तुत हुन आग्रह पनि गरेका छन् ।
डब्लुएचओको सो आग्रहका बाबजुद टम्पले आफ्ना चेतावनीहरुलाई पुनः दोहोर्याउदै सहयोग पुनरमुल्याकंन गर्ने सम्बन्धि तयारी भईरहेको बताए ।
ट्रम्पले महामारीबारे सूचना होल्ड गरेको, चीनको पक्षधर भएको , अमेरीकालाई धेरै आर्थिक मद्धत गर्दा गर्दै पनि गलत सल्लाह दिएको आरोप विश्व स्वास्थ्य संगठनमाथि लगाएका छन् ।
कोरोना भाईरसका बारेमा चीन र अमेरीकाबीच पनि वाकयुद्ध चल्दै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ