कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो, संक्रमित १५ लाख भन्दा बढी, अमेरीका र बेलायतमा मृत्युहुको संख्यामा तीव्र वृद्धि

कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो, संक्रमित १५ लाख भन्दा बढी, अमेरीका र बेलायतमा मृत्युहुको संख्यामा तीव्र वृद्धि

  • बिहिबार, चैत्र २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सी चैत्र २७ । विश्वका अधिकाश भुभागमा फैलिएको कोरोनाका कारण अहिले सम्म मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ । जोन हप्किन्स विश्व विद्यालयको हेल्थ सेन्टरको पछिल्लो रिपोर्ट अनुसार संक्रमितको संख्या समेत १५ लाख ११ हजार भन्दा माथि पुगेको छ ।
साथै करीब ३ लाख १८ हजार निको भएर घर फर्किएका छन् ।
पछिल्लो समय कोरोनाले अमेरीकामा सबै भन्दा उग्र रुप लिएको छ । त्याहाँ संक्रमितको संख्या ४ लाख २९ हजार पुगेको छ भने १४ हजा ६ सय ९५ को ज्यान गएको छ । अमेरीकामा बुधबार एकै दिन १६८० को मृत्यु भएको छ । अमेरीकामा संक्रमण र मृत्यु अझै बढ्ने चेतावनी स्वास्थ्य अधिकारीहरुले दिएका थिए ।
यसै गरी कोरोनाले विश्वमा सबै भन्दा धेरेको ज्यान लिएको छ ईटालीमा । त्याहाँ पछिल्लो तथ्यांक अनुसार १७ हजार ७ सय भन्दा बढीको ज्यान गएको छ । ९४ जना डाक्टर र २६ जना नर्सको समेत अहिले सम्म मृत्यु भएको त्याहाँको राष्ट्रिय स्वास्थ्य संस्थाले जनाएको छ । ईटालीमा कुल संक्रमित एक लाख ३९ हजार भन्दा माथि छ ।
यस्तै स्पेनमा १४ हजार ७ सय मानिसको मृत्यु भएको छ । त्यहाँ एकै दिन ७ सय बढीको ज्यान गयो भने कुल संक्रमित पनि एक लाख ४८ हजार नाघेको छ ।
यसै गरी फ्रान्समा मृत्यु हुनेको संख्या १० हजार ८ सय ८७ पुगेको छ । संक्रमित करीब एक लाख १४ हजार छन् ।
यस्तै बेलायतमा मृत्यु हुनेको संख्या ७ हजार एक सय भन्दा बढी भएको छ भने संक्रमित करीब ६१ हजार ४ सय पुगेको छ । त्याहाँ एकै दिन बुधबार ९ सय बढीको मृत्यु भएको छ ।
यस्तै जर्मनीमा एक लाख १३ हजार बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या २३ सय नाघेको छ ।
यस्तै ईरानमा मृतकको संख्या ४ हजार नजिक पुगेको छ भने संक्रमितको संख्या ६४ हजार ५ सय भन्दा बढी छ ।
त्यस पछि टर्की, बेल्जियम,स्वीजरल्याण्डमा पनि कोरोनाको संक्रमण र मृत्यु बढ्दै गएको छ । यसै गरी एशिया, अफ्रीका, ल्याटीन अमेरीका लगायतका महादेशमा यसको संक्रमण बृद्धि भईरहेको छ ।
यता छिमेकी मुलुक भारत र पाकिस्तानमा पनि कारोना तीव्र मात्रामा बढीरहेको छ । भारतमा कुल एक सय ४९ जनाको कोरोनाले ज्यान लिएको छ भने ६१ सय भन्दा बढी संक्रमित रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । त्यस्तै पाकिस्तानमा पनि ४२ सय ६३ संक्रमित भएका छन् भने ५९ जनाको मृत्यु भएको छ ।
यता अहिले सम्म कोरोना नफईलिएको भनिएको उत्तर कोरीयामा समेत ५ सय जनालाई क्वारेन्टाईनमा राखिएको विश्व स्वास्थ्य संगठनले दावी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ