खाडी तथा यूरोप, अमेरीकामा रहेका नेपालीहरुमा कोरोनाको जोखिम बढ्दै , कुवेतमा थप एक नेपाली संक्रमित

खाडी तथा यूरोप, अमेरीकामा रहेका नेपालीहरुमा कोरोनाको जोखिम बढ्दै , कुवेतमा थप एक नेपाली संक्रमित

  • बुधबार, चैत्र २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

चैत्र २६, काठमाण्डौं । कोरोनाले विश्वव्यापी महामारीको रुपमा फैलिरहँदा खाडी मुलुक, युरोप तथा अमेरीकामा रहेका नेपालीहरु उच्च जोखिममा परेका छन् । अमेरीकामा सबै भन्दा बढी नेपाली प्रभावित बनेका छन् । त्याहाँ २ नेपाली व्यक्तिको मृत्यु भएको त्याहाँ रहने नेपालीहरुले जनाएका छन् । अन्य मृत्यु भएका दुई जनाको भने कोरानाले हो या हैन भन्ने एकीन भएको छैन । अमेरीकामा करीब एक हजार नेपाली संक्रमित भएको अनुमान गरिएको छ ।
यस्तै यूरोपको पोर्चुगल लगायतका मुलुकमा समेत नेपाली संक्रमित भएको समाचार सार्वजनिक भएको छ । साउदी , युएई र कतार, मलेशियामा समेत नेपाली संक्रमित हुन थालेका छन् । खाडीमा ठूलो संख्यामा नेपालीहरु रहेका छन् । यसैबीच कुवेतको स्वास्थ्य मन्त्रालयले थप एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । कुवेतमा संक्रमित नेपालीको संख्या तीन पुगेको छ ।
त्याहाँ रहेका नेपालीहरु जोखिमका बीच काम गरीरहेको भन्दै गुनासो गर्दै आएका छन् । यसकाबीच पनि दुतासाले सुरक्षा र उद्धारका लागि खासै पहल नगरेको नेपालीहरुले गुनासो गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी