कोरोनाले उत्पात मच्चाईरहेको बेला अमेरीकामा नागरिकहरुले धेरै बन्दुक किनिरहेका छन् किन ?

कोरोनाले उत्पात मच्चाईरहेको बेला अमेरीकामा नागरिकहरुले धेरै बन्दुक किनिरहेका छन् किन ?

  • बुधबार, चैत्र २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

एजेन्सी चैत्र २६ । कोरोनाको विश्वकै ठुलो केन्द्र बनेको अमेरीकामा १३ हजार हाराहारीमा नागरिकको ज्यान गएको छ भने चार लाख प्रभावित छन् । अस्पतालमा बेड, भेन्टिलेटर, मास्क लगायतका मेडिकल सामाग्रीको अभाव भएको छ । दशौं लाख मानिसहरु बेरोजगार बनेका छन् ।
यही संकटको बेलामा अमेरीकामा नागरिकहरुले ठूलो संख्यामा बन्दुकहरु किनिरिहेको देखिएको छ । बिबिसीका अनुसार वितेको २० वर्षयता धेरै मानिसहरुले हतियार किनेको नयाँ रेकर्ड कायम भएको छ ।
अमेरीकामा नागरिकहरुले हतियार राख्न पाउने प्रावधान छ । यसैको मौका छोपेर धमाधम हतियार किनिरहेको देखिएको छ । कोरोनाले मान्छे मर्ने क्रम बढीरहेका बेला , संक्रमण बढाईरहेका बेला हतियार किन बढी बिक्री भयो भनेर अमेरीकाको एक जासुसी निकाय फडेरल ईन्भेष्टिगसन व्यूरोले पृष्टभूमिको परीक्षण गरीरहेको जनाएको छ । जस अनुसार अघिल्लो बर्षको मार्च महिनाको तुलनामा सन् २०२० को मार्चमा ११ लाख बढी हतियार बिक्री भईरहेको छ । एफबीआईको रिपोर्ट अनुसार मार्च महिनामा मात्रै अमेरीकी नागरिकले २० लाख हतियार किनेका छन् । ईलिनाए, टेक्सास, केन्टुकी, क्यालिफोर्निया र फ्लोरीडामा सबै भन्दा बढी हतियार विक्री भएको देखिएको छ ।
यसरी ठूलो मात्रामा मानिसले हतियार किन्न थाले पछि विज्ञहरुले सामाजिक अस्थीरता बढ्न सक्ने चिन्ता गरेका छन् ।
जर्जिया स्टेट युनिभर्सीटी ल स्कुलका प्रोफेसर टिमोथी लिटनले कोरोना महामारीका बेला हतियार खरीद बढ्नुको कारण भविष्यमा परिस्थिति खराब हुन सक्छ भन्ने मनशायले हतियार राख्ने चाहना बढेको हुन सक्ने बताए ।
यसै गरी भविष्यमा अमेरीकाले नागरिकलाई हतियार राख्न दिने कानुनी अधिकारमाथि बन्देज लगाउन सक्ने संभावनाका कारण पनि मानिसहरुले त्यसो गरेको हुन सक्ने टिमोथीको अनुमान छ ।
अमेरीकामा पछिल्लो समय सार्वजनिक स्थलमा हत्या , गोलीकाण्डका घटना बढीरहेको छ । अर्कोतिर मानिसहरुले सरकारले नागरिकको सुरक्षा गर्न नसक्ने या सरकार बलियो भएर नागरिकको स्वतन्त्रता खोस्न सक्छ भन्ने दुबै भयले यस्तो काम गरेको हुन सक्ने टिमोथीको तर्क छ ।
यसरी ठूलो मात्रामा हतियार खरीद भईरहनुले भविष्यमा अमेरीकी समाज हिंशा र अस्थीरताको शिकार बन्ने सक्ने पनि कतिपयले चिन्ता जनाएका छन् । ठूलो संख्यामा मानिसहरु बेरोजगार भईरहेका छन्, प्रवासीहरु धेरै संख्यामा आएकाले अमेरीकीहरुको रोजगारी गुमेको महसुस गर्नेहरुको संख्या पनि बढीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी