एकै पटक चार सन्तान जन्माएकी बेलायतकी सादिक हारिन कोरोनासगँ !

एकै पटक चार सन्तान जन्माएकी बेलायतकी सादिक हारिन कोरोनासगँ !

  • बुधबार, चैत्र २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

सन् २००६ को जुन २६ मा एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रेसन जन्माएर चर्चामा आएकी बेलायती नागरिक सबनम सादिकले प्रकृतिमाथि ठूलो चूनौती दिएकी थिईन् । चिकित्सकहरले अप्रेसन बिना बच्चा जन्माउन नसकिने भनिरहेका बेला उनले सामान्य सिजर पछि चार वटा सन्तान एकै पटक जन्माएकी थिईन् । त्यस पछि अर्को पनि एउटा सन्तान गरेर उनी पाँच सन्तानकी आमा थिईन् । तर अहिले कोरोनाको चूनौती थेग्न सकिनन् र उनको निधन भयो ।
बेलायतको लेबर पार्टीको स्लोग बोरोउग काउन्सीलर समेत रहेकी उनी बालबालिका र शिक्षा सम्बन्धि क्षेत्रमा समेत काम गर्ने ती सक्रिय महिलाले ३९ बर्षको उमेरमै आफ्ना ५ सन्तान र पतिलाई छाडेर बिदा भएकी छन् । चुम्ल्याहा सन्तान अहिले १३ बर्षको भएका छन् ।
सोमबार २४ दिन सम्म भेन्टिलेटरमा रहेर सास फर्ने कोशिस गरेकी सादिकले अन्ततः कोरोनासगँ हारिन र सधैका लागि बिदा भईन् । उनी गत मार्च महिनाको शुरु तिर पाकिस्तानमा नातेदारको बिबाह समारोहमा भाग लिन गएर फर्किए पछि कोरोना लागेको डेलिमेलले जनाएको छ ।
कोरोनाले बेलायतको प्रधानमन्त्री समेत संक्रमित भएर आईसियुमा राखिएको छ ।
उनको निधनप्रति उनका साथीहरु र धेरै मानिहरुले सामाजिक सञ्जालमा दुखः व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ