मालीको सैनिक अखडामा भिषण हमला, २३ सैनिकको मृत्यु

मालीको सैनिक अखडामा भिषण हमला, २३ सैनिकको मृत्यु

  • मङ्लबार, चैत्र २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

बामाको, २५ चैत , अपरिचित बन्दुकधारीहरुको हमलामा परी अफ्रिकी मुलुक मालीको उत्तरपूर्वी गाओ क्षेत्रको एक सैनिक अखडामा रहेका २३ जना सैनिकको हत्या भएको स्थानीय स्रोतलाई उद्धृत गर्दै संचार माध्यमहरुले जनाएका छन् ।

बाम्बा शहरको नाइजर नदीको किनारामा रहेको सैनिक अखडामा उक्त हमला भएको थियो । कार र मोटरसाइकलमा चढेर आएका भारी हातहतियारबाट सुसज्जित अज्ञात आक्रमणकारीले शहरमा आक्रमण गरेका थिए ।

स्थानीय संचार माध्यमले स्थानीयबासीमाथि भने उक्त समूहले आक्रमण नगरेको बताएका छन् ।

कोरोनाभाइरसका कारण माली सरकारले स्वास्थ्य आपतकाल घोषणा गरेकै बखत यस्तो आक्रमण भएको छ । मुलुकमा हालसम्म ४५ जनामा कोरोना संक्रमण भएको पाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ