एजेन्सी, २४ चैत । कोरोना भाईरसको विश्वव्यापी महामारीले विकलारल रुप लिदै गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर हजारौंको ज्यान गएर मृत्यु हुनेको संख्या ७४ हजार ४ सय पुगेकाे जोन हप्किन्स विश्व विद्यालयलेको हेल्थ सेन्टरले जनाएको छ ।
यसै गरी संक्रमितको संख्या १३ लाख ४१ हजार ९ सय ७ पुगेको छ भने २ लाख ७६ हजार ५ सय १५ जना निको भएर घर फर्किएका छन् ।
कोरोनाको सबै भन्दा ठूलो केन्द्र बनेको अमेरीकामा मृत्यु हुनेको संख्या १० हजार ७ सय ८१ पुगेको छ ।
त्यस्तै सोमबार एकै दिन अमेरिकामा ८४० जनाले ज्यान गुमाएका छन्।
इटलीमा एकै दिन ६३६ जनाले ज्यान गुमाएका छन्। हालसम्म इटलीमा १६ हजार ५२३ जनाले ज्यान गुमाएका छन्। कोरोनाले मृत्यु हुने इटलीमा सबैभन्दा बढी छन्। १ लाख ३२ हजार ५ सय ४७ संक्रमित छन्। जसमा ३ हजार ५ सय ९९ जना नयाँ संक्रमित थपिएका छन्।
त्यस्तै स्पेनमा एकै दिन ५२८ जनाले ज्यान गुमाएका छन्। स्पेनमा हालसम्म १३ हजार १६९ जनाले ज्यान गुमाएका छन्। स्पेनमा १ लाख ३५ हजार ३२ संक्रमित छन्। जसमा ३ हजार ३ सय ८६ जना नयाँ संक्रमित भएका छन्।
त्यस्तै युकेको पनि एकै दिन ४३९ जनाले ज्यान गुमाएका छन्। युकेमा हालसम्म ५ हजार ३ सय ७३ जनाले ज्यान गुमाएका छन्। ५२ हजार ६०८ जना संक्रमित मध्ये ३ हजार ८ सय २ जना नयाँ संक्रमित थपिएका छन्।
यस्तै फ्रान्समा एकै दिन ८ सय ३० भन्दा बढीको मृत्यु भएर कुलमा ९ हजार नाघेको छ । संक्रमितको संख्या ९८ हजार पुगेको छ ।
उता जर्मनीमा संक्रमित एक लाख ३ हजार पुगेको छ । त्याहाँ मृतकको संख्या १८ सय १० पुगेको छ ।
यस्तै ईरानमा संक्रमितको संख्या ६० हजार नाघेको छ भने मृतक ३७ सय नाघेको छ ।
यता भारतमा कोरोनाको संक्रमण र मृत्यु हवात्तै बढेको छ । भारतका कुल संक्रमित ४७ सय ५७ पुगेको छ भने एक सय ३२ जनाको मृत्यु भएको टाईम्स अफ् ईन्डियाले जनाएको छ ।
यस्तै पाकिस्तानमा संक्रमितको संख्या ३७ सय ६६ पुगेको छ भने मृतकको संख्या ५३ पुगेको छ ।
यस बाहेक अमेरीका, एशिया, अफ्रीका महादेशका अन्य देशहरुमा पनि कोरोनाको फैलावट र मृत्युदर बढीरहेको छ ।