कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनशोनको अवस्था खराब भए पछि आईसियुमा सारियो

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनशोनको अवस्था खराब भए पछि आईसियुमा सारियो

  • मङ्लबार, चैत्र २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

एजेन्सी चैत्र २५ । कोरोना संक्रमण भएको १० दिन पछि अस्पताल भर्ना भएका बेलायी प्रधानमन्त्रीको श्वास्थ्य अवस्था थप जटिल भए पछि उनलाई आईसीयुमा सारिएको छ ।
डाउनीगं स्ट्रीटका प्रवक्ताका अनुसार सास फेर्न गाह्रो हुने लगायतका समस्या बढे पछि चिकित्सकहरुको सल्लाह अनुसार उनलाई गएराति आईसीयुमा भर्ना गरिएको हो ।
कोरोना लागे पछि पनि उनले आईसोलेसनमा रहेर सरकार सम्हाल्दै आएका थिए ।
सोमबार बिहान सम्म ठीकै रहेका उनी अचानक साझ गाह्रो महसुस गरे पछि स्थानीय समय अनुसार साझँ ६ बजे आईसीयुमा राखिएको थियो ।
जोनसोन विश्वमै कोरोना पीडित सबै भन्दा उच्च तहका कार्यकारी प्रमुख हुन् । कोरोना संक्रमित भए पछि उनले बेलायती जनतालाई चिट्ठी लेखेर सबैलाई घरमै बस्न अन्यथा अवस्था विग्रन सक्ने चेतावनी दिएका थिए ।
बेलायतमा कोरोाना संक्रमणका कारण ५हजार ३ सय ८५ जनाको मृत्यु भएको छ भने ५२ हजार २ सय ७६ संक्रमित छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ