कोरोनाको ताजा अपडेटः मृत्यु हुनेको संख्या ७२ हजार नाघ्यो, एकै दिन अमेरिकामा ७११ र इटलीमा ६३६ को मृत्यु

कोरोनाको ताजा अपडेटः मृत्यु हुनेको संख्या ७२ हजार नाघ्यो, एकै दिन अमेरिकामा ७११ र इटलीमा ६३६ को मृत्यु

  • सोमवार, चैत्र २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

एजेन्सी, २४ चैत ।
कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७२ हजार ६ सय ३६ जना पुगेको छ। १३ लाख १२ हजार ४ सय ९४ जना संक्रमित भएका छन्।
त्यस्तै २ लाख ७५ हजार ६८ जना निको भएका छन्। भने नयाँ संक्रमित ३९ हजार ६ सय ३२ जना थपिएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

त्यस्तै सोमबार एकै दिन अमेरिकामा ७११ जनाले ज्यान गुमाएका छन्। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १० हजार ३ सय २७ जना पुगेको छ। ३ लाख ४९ हजार ८८५ संक्रमित मध्ये नयाँ संक्रमित १३ हजार २१२ थपिएका छन्।

इटलीमा एकै दिन ६३६ जनाले ज्यान गुमाएका छन्। हालसम्म इटलीमा १६ हजार ५२३ जनाले ज्यान गुमाएका छन्। कोरोनाले मृत्यु हुने इटलीमा सबैभन्दा बढी छन्। १ लाख ३२ हजार ५ सय ४७ संक्रमित छन्। जसमा ३ हजार ५ सय ९९ जना नयाँ संक्रमित थपिएका छन्।

त्यस्तै स्पेनमा एकै दिन ५२८ जनाले ज्यान गुमाएका छन्। स्पेनमा हालसम्म १३ हजार १६९ जनाले ज्यान गुमाएका छन्। स्पेनमा १ लाख ३५ हजार ३२ संक्रमित छन्। जसमा ३ हजार ३ सय ८६ जना नयाँ संक्रमित भएका छन्।

त्यस्तै युकेको पनि एकै दिन ४३९ जनाले ज्यान गुमाएका छन्। युकेमा हालसम्म ५ हजार ३ सय ७३ जनाले ज्यान गुमाएका छन्। ५१ हजार ६०८ जना संक्रमित मध्ये ३ हजार ८ सय २ जना नयाँ संक्रमित थपिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ