कोरोना संक्रमण रोक्न जापानमा १ महिना संकटकाल घोषणा

कोरोना संक्रमण रोक्न जापानमा १ महिना संकटकाल घोषणा

  • सोमवार, चैत्र २४, २०७६
  • फुर्वा शेर्पा , टोकियोबाट

  • 11.2K
    SHARES

टोकियो , जापान । कोभिड १९ भाईरसको प्रकोप रोक्न जापानी प्रधानमन्त्री आबे शिन्जोले भोलि अप्रिल ७ तारिखबाट आपतकालीन अवस्था घोषणा गरेका छन् ।
संक्रमण प्रभावित ७ वटा प्रिफेक्चरमा घोषणा गरिने आपतकालीन अवस्था मंगलबारबाट लागू भई आगामी एक महिनासम्म लागू हुने भएको छ । संकटकालीन अवस्था लागू हुने प्रिफेक्चरहरुमा राजधानी टोकियो , साईतामा , चिबा , खानागावा , ओसाका , ह्योगो र फुकुओका रहेको साँझ आयोजित प्रेसमिटमा प्रधानमन्त्री आबे शिन्जोले बताएका छन् ।

आपतकालिन अबस्था घोषणा भएपनि खाद्यान्न पसलहरु , दैनिक आवश्यक पर्ने सामान विक्रि केन्द्र , औषधि पसल , उपचारजन्य उपकरण र सामग्री , ईन्धन लगायत क्षेत्रभने सञ्चालनमा रहिरने जापानी संचारमाध्यमहरुले जनाएको छ । यस बाहेक रेल , बस लगायत सार्वजनिक सवारीका साधन र हवाई क्षेत्र नियमीत सञ्चालनमा रोक नलगाईने भएको छ । यद्यपी आपतकालको अवस्थामा यात्रुहरु नहुँदा त्यस्ता क्षेत्र स्वत बन्दको अवस्थामा पुग्ने देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ