एजेन्सी चैत्र २४ । अमेरीकी अदालतले हालै राष्ट्रपति निकोलस मदुरोलाई लागू औषध तस्करको रुपमा व्याख्या गरी मुद्धा चलाएर डेढ करोड डलर टाउकोको मुल्य तोके पछि भेनेजुएलाले संभावित युद्धको तयारी थालेको छ ।
राष्ट्रपति मदुरोलाई अस्वीकार गर्दै अमेरीकाले गुएदोलाई समर्थन गरे पछि दुई देशबीच लामो समय देखि विवादले पछिल्लो मुद्धापछि उग्र रुप लिएको छ ।
राष्ट्रपति मदुरोले देशभर सबै खालका हतियार र बिशेषगरी तोपहरु तैनाथ गर्न सेनालाई आदेश दिएका छन् । उनले विश्वभरका नेता र देशहरुलाई समेत सहयोगको लागि अपील गरेका छन् ।
अमेरीकाले भेनेजुएलामाथि आक्रमण गर्न सक्ने पूर्वानुमानका आधारमा यो तयारी थालिएकको हो ।
उनले कुनै पनि बेला अमेरीकाले आक्रमण गर्न सक्ने भन्दै देश र जनताको रक्षाका लागि जवाफी हमलाको तयारीमा लाग्न आदेश दिएका हुन् । उनले शनिबार ट्वीटरमा कोलम्बिया र अमेरीकाद्धारा पालित पोषित समुहहरुले आफ्नो देशमा हिंसात्मक कार्बाही मार्फत अस्थीरता फैलाउन खोजेको बताएका छन् ।उनले यदी बाह्य शक्तिबाट आक्रमण भएमा बोलिभियाली क्रान्तिकारीहरुले जस्तै बलिदानीपूर्ण ढंगले शान्तिका लागि लड्ने बताए ।
उनले रणनीतिक रुपले महत्वपूर्ण ईलाकाहरुमा तोपहरु तैनाथ गर्ने र संभावित मोर्चाको तयारी गर्न भन्दै अमेरीकाले लागू औषध तस्करीको सन्दर्भमा लगाएको आरोप झुट्टो भएको बताएका छन् । गत मंगलबार विश्वभरका नेताहरुलाई पत्र लेखेर मदुरोले अमेरीकाले झुट्टो आरोप लगाएर हस्तक्षेप गर्न खोजेको भन्दै सहयोगको लागि अपील गरेका थिए ।
अमेरीकी विदेश मन्त्री माईक पोम्पेओले गत बुधबार मात्रै अमेरीकी विदेश मन्त्री पोम्पेओले भेनेजुएलामाथि सैन्य हस्तक्षेप गर्न सक्ने चेतावनी दिएका थिए । पोम्पेओले अमेरीकी न्याय विभागले दोषी ठहर गरेकाले मदुरोलाई पक्राउ गर्न सैन्य हस्तक्षेप गर्न सक्ने बताए । मदुरो सन् २०१३ मा ह्युगो चाभेजको निधन पछि सत्तामा रहदै आएका छन् ।
अमेरीकाले कुनै पनि देशको राष्ट्रपति विरुद्ध पक्राउको उर्दी जारी गरेको यो दुर्लभ घटना हो । अमेरीका र केही अन्य देशको बिरोधका बाबजुद मदुरोलाई देशको सेना, जनता , रुस, चीन, क्युवा लगायतका देशको समर्थन छ । अमेरीकी यो घोषणाप्रति यस अघि रुसले आपत्ति जनाएको थियो ।
सन् २०१८ मा भएको निर्वाचनमा धादली भएको भन्दै अमेरीकी समर्थक उम्मेद्धार जिआन गुईदोलाई अमेरीका सहित ५० राष्ट्रले राष्ट्रपति घोािषत गरेका थिए । तर मदुरो नै निर्वाचित रहेको जनसमर्थन र सेनाले सहयोग गरे पछि साथै रुस चीन लगायतका देशले साथ दिए पछि उनले कार्यकाल सम्हाल्दै आएका छन् । भेनेजुएला विश्वको प्रमुख तेल उत्पादक देश मध्य एक हो । यसको तेल कम्पनीहरुमा बढी मात्रामा रुस तथा चीनको लगानी छ । यसै कारण पनि अमेरीकाले हस्तक्षेप गर्न खोजेको आरोप लाग्दै आएको छ ।