कोरोनाको केन्द्र बनेको अमेरीकाको न्यूयोर्कमा रहेका नेपालीको अवस्था र चूनौती

कोरोनाको केन्द्र बनेको अमेरीकाको न्यूयोर्कमा रहेका नेपालीको अवस्था र चूनौती

  • सोमवार, चैत्र २४, २०७६
  • सञ्जय थापा, न्यूयोर्कबाट

  • 10.9K
    SHARES

कोभिड–१९ करिव मार्च महिना देखी अमेरिकामा देखा परेको हो सुरुमा समयमा वासिंग्टन राज्यमा र त्यस पछी क्यालिफोर्नियमा यसको अलि बढी प्रभाव देखा पर्यो र विस्तारै न्युयोर्कमा सुरु भयो । अहिले यति खेर सम्म अमेरिकामा ३,१४,२५८ जनामा यो रोग संक्रमण भई सकेको छ र न्युयोर्क राज्यमा मात्र १,१४,१७४ छ । त्यसमा पनि न्युयोर्क शहरमा ६७,५५१ जनामा यो रोग लागेको छ । न्युयोर्क शहर अत्यन्त घना वस्ती भएको शहर यँहा रेलमा दैनिक लाखौको संख्यामा यात्रा गर्छन भने एउटै घरमा सयौ परिवारहरु वस्छन् । यो शहरमा यति नै निस्चित संख्या नेपाली वस्छन भन्ने लेखाजोखा कतै नभए पनि विभिन्न नेपाली समुदायहरुको आकडा अनुसार ७५,००० जति नेपाली यँहा‘ वस्छन भन्ने अनुमान गरिन्छ । यँहा‘ रहेका अधिकाशं नेपालीहरु सामान्य काम गर्ने नै हुन् मुख्य गरी पैसा र समयको हिसावले उभर लगायतको ट्याक्सी सेवाहरु संचालन गर्ने काम यँहा राम्रै मानिन्छ । यँहा‘ प्राय सवै नेपालीहरु यँहाको ठुला ठुला भवनहरुमा एपार्टमेन्ट भाडामा लियर बसेका छन् ।

जब कोरोना भाईरसको संक्रमण यँहा सुरु भयो दैनिक धेरै संग सम्पर्कमा रहनु पर्ने व्यवसायमा संलग्न हुनेहरुलाई त्रसित वनायो । मार्च महिनाको २४ गते मृत्यु हुने पहिलो नेपाली पनि उभर चालक हुनुहुन्थ्यो । यँहाको एकैै पटकमा हजारौको संख्यामा यात्रा गर्ने रेलहरु र संयौ परिवारहरु रहने एउटै भवनमा वस्नु पर्ने बाध्यता र सरकारले पुरै लकडाउन गरेर अति आवस्यक काम वाहेक अरु कामहरु मात्र वन्द गरेको कारण संक्रमणको संख्या दैनिक हजारौ थपिरहेको अवस्थामा यही जनजिवन र परिवेशमा रहेका नेपाली पनि अछुत रहने कुरै भएन । न्युयोर्कमा आजका मिति सम्म यति नै संख्यामा नेपालीहरु संक्रमित छन भन्ने हिसाव नभए पनि यँहा भएको संक्रमणको रफ्तार, सहयोगको लागि क्रियाशिल रहेका विभिन्न संध संस्था र विभिन्न ठाँउवाट सहयोगको लागि आउने फोन कलहरु अनुसार १००० भन्दा वढीको संख्यामा नेपालीहरु पनि संक्रमित छन् भन्ने अनुमान गर्न सकिन्छ । सुरुका दिनमा नेपालीहरु आफु संक्रमित भए पनि कसैलाई जानकारी नगराउने म संक्रमित भए भनेर नभन्ने समस्यहरु थिए र अहिले यो समस्या अलि कम भएको छ ।

अमेरिका माहाशक्ति राष्ट्र भनिन्छ तर यँहा पनि संक्रमण भई हाल्यो भने पनि अस्पतालमा भर्ना नलिने अत्यन्त गाह्रो भई विरामीलाई भेन्टिलेटरमा राख्न पर्ने अवस्थामा मात्र भर्ना गर्ने र बजार समान्य औषधीहरु सुरक्षणको सामाग्रीहरु नपाईने लगाएतका धेरै गुनासो बढीरहेको छ । यँहाका सामाजिक अगुवाहरु आफ्नो समुदायमा सवैलाई घरवाट ननिस्कन काममा विदा लिन घरमै वसेर वेरोजगार भत्ताकोलाई आवेदन दिन अनुरोध गरिरहेका छन् । हाल सरकारले सवैलाई एकमुष्ट १२ सय डलर दिने र वेरोजगार भत्तामा ४ महिना सम्म प्रति हप्ता ६०० डलर थपिदिएका कारण आर्थिक राहत भएको छ । साना ववसायीहरुलाई पनि ऋृण र निस्चित अनुदानको व्यवस्था गरिदिएको छ । अहिले कानुनी रुपमा यँहा वसेका अधिकाश नेपालीहरु सरकारले दिएको सुविधा उपयोगको लागि आवेदन दिएर बसेको परिस्थित छ तर यँहा कानुनी रुपमा काम गर्ने नपाउनेहरु र विधार्थीहरुलाई भने आर्थिक समस्या हुने परिस्थिति देखिन्छ । अमेरिकामा क्रियाशील एनआरएन मुख्य मुख्य संस्थाहरु सहयोगमा एक्लै वा समुह वनाएर सहयोगको लागि जुटीरहेको अवस्था छ ।

अहिले १५ दिनको अन्तरालमा न्युयोर्कमा ४ जना नेपालीको मृत्यु भई सकेको छ । पहिलो मृत्यु हुने अनिल सुव्वा कोरोना कै कारण मृत्यु भएको प्रमाणित नै थियो र हिजो मृत्यु भएका अजय छोँचन सहित थोक्मे बिष्ट , सोनम लामाको एकै दिन मृत्यु हुनु दुखद छ । तर उनीहरु सबै कोरोनाले नै मृत्यु भएको हो वा होईन स्पष्ट हुन बाँकी रहेको छ । हिजो मृत्यु भएको भनिएका अजय छोँचन हृदयघातको कारण अनि अन्य दुइजना चाहँी सम्भावित कोरोनाको कारण भनिए पनि आफ्नो आफ्नो निवासमै बितेको हुँदा कारण स्पष्ट हुन बाँकी छ । हिजो मृत्यु भएको भनिएको ङिमा टेम्वा शेर्पाको मृत्यु भइनसकेको र उनी आईसीयुमा रहेका छन् । नेपालमा समाचारहरुमा उनको मृत्युको खबर आउनु दुखद छ । साथै अहिले कोरोनाको माहामारीकै बीचमा भएको यस दुखद घटनाहरुले सवैको मृत्यु कोरोनाको कारण भएछ कि भन्ने पर्न गएको देखिएको छ । अवस्था जटिल छ, हिम्मत र आँटलाइ कायम राखौं । “आफु सुरक्षित रहौ अरुलाई सुरक्षित रहन मद्धत गरौ” ।

थापा-एनआरएनए एनसीसी युएसए का सल्लाहकार र प्रवासी नेपाली मन्चको पुर्व अध्यक्ष पनि हुन् । 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी