एजेन्सी, २३ चैत । महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण विश्वभर ६४ हजार ५ सय ४९ को मृत्यु भएको छ । संक्रमितको सङख्या ११ लाख ९६ हजार ५ सय ५३ पुगेको छ ।
त्यस्तै २ लाख ४६ हजार १ सय ८ जना निको भएका छन् ।
हाल सम्म संसारका कुनै पनि देशले कोरोना विरुद्धको औषधी र भ्याक्सिन बनाउन सकेका छैनन् । जसका कारण दिनहुँ मानिसहरुको मृत्यु हुने क्रम तीव्र छ ।
कोरोनाकै कारण विश्वमा सबै भन्दा धेरै प्रभावित अमेरीका बनेको छ । यहाँ संक्रमितको संख्या ३ लाख ८ हजार ५ सय ३३ जना पुगेका छन् भने मृतकको संख्या ८ हजार एक सय नाघेको छ । न्यूयोर्कमा मात्रै ३५ सय बढीको मृत्यु भएको जोन हप्किन्स विश्व विद्यालयले जनाएको छ ।
उता फ्रान्समा ६ सय सेनामा कोरोना देखिएको जनाईएको छ । रक्षा मन्त्री फ्लोरेन्स पार्लीका अनुसार ६ सय सेनामा कोरोना पोजेटिभ देखिएको छ । फ्रान्समा ९० हजार बढी संक्रमित छन् भने ७ हजार ५ सय बढीको मृत्यु भएको छ ।
यस्तै बेलायतमा हालसम्म ४ हजार ३ सय १३ जनाले ज्यान गुमाएका छन्। एकै दिन ७ सय ८ जनाको मृत्यु भयो । त्याहाँ ४२ हजार बढी संक्रमित भएका छन् ।
यस्तै स्पेनमा एकै दिनमा ८ सय ९ जनाको मृत्यु भएको छ । यो सगँै त्याहा मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । एक लाख १९ हजार बढी संक्रमित छन् ।
त्यस्तै इटलीमा कोरोनाले अहिलेसम्म सबैभन्दा बढीले ज्यान गुमाइसकेका छन्। एकै दिन इटलीमा ६ सय ८१ जनाले ज्यान गुमाएका छन्। हालसम्म इटलीमा १५ हजार ३ सय ६२ जनाले ज्यान गुमाइसकेका छन्। इटलीमा ४ हजार ८ सय ५ जना नयाँ संक्रमित थपिएका छन्। इटलीमा अहिलेसम्म ८८ हजार २ सय ७४ संक्रमित पुगेका छन ।
यता भारत र पाकिस्तानमा पनि निरन्तर कोरोना संक्रमण बढीरहेको छ । भारतमा संक्रमितको संख्या ३ हजार नाघेको छ भने ७५ जनाको मृत्यु भएको छ ।
यस्तै पाकिस्तानमा २८ सय संक्रमितको संख्या पुगेको छ भने ४४ को मृत्यु भएको छ ।