एजेन्सी चैत्र २२ । डिसेम्बर ३० बाट चीनमा फैलिएको कोरोना पत्ता लगाउने डाक्टर वेन लिगं सहित १४ जना कोरोना शहीद र अन्य मारिएकाहरुको स्मृतिमा राष्ट्रिय शोक मनाइएको छ । चीनीया मिडियाका अनुसार आज देशभर कोरोना शहीदहरुको शोकमा तीन मिनट मौन धारण गरिएको छ । सबै औपचारीक कार्यक्रम र मनोरञ्जनात्मक कार्यक्रमहरु स्थगित गरिएको छ । दुतावासहरुमा झण्डा आधा झुकाईएको छ ।
कोरोनाले चीनको वुहान सहितका शहरमा करीब ३३ सयको मृत्यु भएको थियो भने ८२ हजार बढी संक्रमित भएका थिए ।
ती १४ महत्वपूर्ण शहीदहरुमा डा. वेन लिग बाहेक १२ स्वास्थ्यकर्मी, एक प्रहरी अधिकारी र एक सामाजिक कार्यकर्ता रहेका छन् ।
उनीहरु कोरोना विरद्ध उपचार र उद्धारमा खट्ने क्रममा मारिएका थिए । ती मध्य ८ जना कम्युनिष्ट पार्टीको सदस्य रहेको , एक जना ७३ बर्षका बृद्धा रहेको र एक जना ३० बर्षका युवा रहेको जनाईएको छ ।





