अमेरीकामा एकैदिन ३२ हजार बढी संक्रमित, राष्ट्रपति ट्रम्प भन्छन्, ‘म मास्क लगाउदिनँ’

अमेरीकामा एकैदिन ३२ हजार बढी संक्रमित, राष्ट्रपति ट्रम्प भन्छन्, ‘म मास्क लगाउदिनँ’

  • शनिबार, चैत्र २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

एजेन्सी, २२ चैत ।
अमेरिकामा पछिल्लो २४ घण्टामा ३२ हजार बढी कोरोना संक्रमित भेटिएका छन् । यो सँगै कोभिड–१९ संक्रमितको संख्या २ लाख ८० हजार पार गरिसकेको छ भने मृतकको संख्या पनि सात हजार नाघिसकेको छ ।
अहिलेसम्म अमेरिकी स्वास्थ्य अधिकारीले बिरामी र उनीहरुको हेरविचार गर्नेहरुले मात्रै मास्क लगाउनुपर्छ भन्दै आएका थिए ।
तर शुक्रबार जारी नयाँ निर्देशनमा सर्वसाधारणलाई पनि मास्क लगाउन सल्लाह दिइएको छ । नयाँ शोध अनुसार अनुहार नढाके। जुन लापरवाही गरिएको छ, त्यसका कारण पनि संक्रमण फैलिरहेको छ ।
अमेरिकी जनतालाई सार्वजनिक स्थानमा आफ्नो अनुहार सफा कपडाले ढाक्न आग्रह गरिएको छ ।
अधिकारीले सर्वसाधारणलाई सर्जिकल मास्क नलगाउन आग्रह गरेका छन् । अमेरिकामा अहिले पनि सर्जिकल मास्कको अभाव छ । उता, राष्ट्रपति डोनल्ड ट्रम्पले भने आफू मास्क नलगाउने बताएका छन् । अमेरिकामा जारी नयाँ स्वास्थ्य निर्देशनमा मानिसहरुलाई मास्क लगाउन भनिएको छ ।
तर ट्रम्पले आफूले मास्क नलगाउने बताएका हुन् । उनले भने, ‘तपाईंहरुले मलाई मेरो ओभल अफिसमा राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा, रानीको स्वागत गर्दा मास्क लगाएको देख्न सक्नुहुन्नँ ।’
राष्ट्रपति ट्रम्पले भने, ‘हालैको शोधका पत्ता लागेअनुसार जुन संक्रमितमा लक्षण देखिँदैन उनीहरुमार्फत् भाइरस तीब्र रुपमा फैलिरहेको छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ