विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ५८ हजार नाघ्यो, संक्रमितको संख्या ११ लाख नजिक

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ५८ हजार नाघ्यो, संक्रमितको संख्या ११ लाख नजिक

  • शनिबार, चैत्र २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

एजेन्सी चैत्र २२ । विश्वभर २ सय ४ वटा देशमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाईरसका कारण मानिसहरुको ठूलो संख्यामा मृत्यु हुने र संक्रमित हुने क्रम रोकिएको छैन ।
शुक्रबार एकै दिन विश्वभर ४ हजार बढीको ज्यान गएको छ । जोन हप्किन्स विश्व विद्यालयको पछिल्लो तथ्यांक अनुसार विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ५८ हजार ७ सय ८७ पुगेको छ । यसै गरी संक्रमितको संख्या १० लाख ९५ हजार पुगेको छ ।
साथै दुई लाख २५ हजार भन्दा बढी मानिसहरु निको समेत भएका छन् ।
पछिल्लो एकै दिन शुक्रबार अमेरीकामा मात्रै करीब १२ सय मानिसहरु मारिएका छन् । यो सगँै त्याहाँ मृत्यु हुनेको संख्या सात हजार नजिक पुगेको छ । अमेरीकामा संक्रमितको संख्या पनि ह्वात्तै वृद्धि भएर २ लाख ६६ हजार ६ सय ७१ पुगेको छ ।
यसै गरी ईटालीमा कुल मृत्यु १४ हजार ६ सय ८१ पुगेको छ भने संक्रमित एक लाख १९ हजार बढी छ ।
त्यस पछि स्पेनमा मृतकको संख्या करीब ११ हजार पुगेको छ भने संक्रमित एक लाख १७ हजार बढी रहेका छन् ।
त्यस पछि संक्रमितको संख्यामा चीनलाई जर्मनीले उछिनेर ९० हजार पुगेको छ । यद्यपि, मृत्यु भने जर्मनीमा कमै रहेको छ । जहाँ १२ सय ३४ जनाको मृत्यु भएको छ ।
त्यसै गरी फ्रान्समा ६ हजार ५ सय ७ जनाको मृत्यु भएको छ भने ६५ हजार बढी संक्रमित छन् ।
त्यस पछि बेलायतमा पनि मृत्यु हुने क्रम बढीरहेको छ । शुक्रबार सम्म त्याहाँ मृत्यु हुनेको संख्या ३६११ पुगेको छ भने संक्रमितको संख्या ३८ हजार पुगेको छ ।
ईरानमा संक्रमितको संख्या ५३ हजार नाघेको छ भने मृतक ३२ सय ९४ पुगेको छ ।
यता भारत र पाकिस्तानमा पनि कारोना तीव्र मात्रामा बढीरहेको छ । भारतमा कुल ७४ जनाको मृत्यु भएको र २६ सय बढी संक्रमित भएको अधिकारीहरले जनाएका छन् । त्यस्तै पाकिस्तानमा पनि ४० जनाको मृत्यु भएको छ भने २६ सय बढी संक्रमित भएका छन् ।
कोरोना तीव्र बढे पछि टर्कीले कफ्र्यु घोषणा गरेको छ । रुसमा लक डाउन लागू गरिएको छ ।
यसैबीच सयुक्त राष्ट्रसघंले सिरीया, लिविया लगायतका द्धन्दरत देशमा युद्ध विराम गर्न सरकार र विद्रोहीहरुलाई अपील गरेको छ । द्धन्द रोकेर कोरोनाको महामारी विरुद्ध जुट्न राष्ट्रसंघले अपील गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ