चीनमा आज कोरोनाका कारण मारिएका शहीदहरुको सम्मानमा राष्ट्रिय शोक मनाईदै

चीनमा आज कोरोनाका कारण मारिएका शहीदहरुको सम्मानमा राष्ट्रिय शोक मनाईदै

  • शनिबार, चैत्र २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

एजेन्सी चैत्र २२ । डिसेम्बर ३० बाट चीनमा फैलिएको कोरोना पत्ता लगाउने डाक्टर वेन लिगं सहित १४ जना कोरोना शहीद र अन्य मारिएकाहरुको स्मृतिमा राष्ट्रिय शोक मनाईने भएको छ ।

चीनीया मिडियाका अनुसार आज देशभर कोरोना शहीदहरुको शोकमा तीन मिनट मौन धारण गरिने छ भने देशमा सबै खालका सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्य स्थगित गरिनुका साथै चीनमा र सबै दुतावासहरुमा झण्डा आधा झुकाईने छ ।

कोरोनाले चीनको वुहान सहितका शहरमा करीब ३३ सयको मृत्यु भएको थियो भने ८२ हजार बढी संक्रमित भएका थिए ।
ती १४ महत्वपूर्ण शहीदहरुमा डा. वेन लिग बाहेक १२ स्वास्थ्यकर्मी, एक प्रहरी अधिकारी र एक सामाजिक कार्यकर्ता रहेका छन् । उनीहरु कोरोना विरद्ध उपचार र उद्धारमा खट्ने क्रममा मारिएका थिए । ती मध्य ८ जना कम्युनिष्ट पार्टीको सदस्य रहेको , एक जना ७३ बर्षका बृद्धा रहेको र एक जना ३० बर्षका युवा रहेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ