एजेन्सी चैत्र २२ । शीतयुद्ध कालदेखि नै शत्रुतापूर्ण सम्बन्ध रहेपनि अहिले कोरोनाको महासंकटका बेला रुसले मेडिकल उपकरण सहित सहयोग गर्ने भनी राखेको प्रस्ताव अमेरीकाले स्वीकार गरेको छ ।
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकार सम्मेलनमा रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले सहयोगको सानदार प्रस्ताव राखेको र आफूले स्वीकार गरेको बताएका छन् ।
ट्रम्पका अनुसार दुई राष्ट्रपतिबीच ३० मार्चमा टेलिफोन भएको थियो । जसमा पुटिनले मेडिकल सप्लाई,भेन्टिलेटर,पिपिई लगायतको सामाग्री सहितको बिशेष बिमान पठाउने प्रस्ताव राखेका थिए ।
पत्रकारहरुले रुसले प्रोपोगण्डा मात्र गरेको त हैन भनी सोधेको प्रश्नमा ट्रम्पले भने यो विलकुल हैन, शानदार सहयोग हो , जसले हजारौ अमेरीकीहरुको ज्यान बच्न सक्छ त्यसैले मैले स्वीकार गरेँ ।
रुसले साईबर ह्याक गरेर ट्रम्पलाई जिताएको आरोप लाग्दै आएको थियो ।