एजेन्सी चैत्र २२ । ईटाली कोरोनाले सबै भन्दा धेरै प्रताडित युरोपेली देश हो । यही देशमा मद्धत गर्न भन्दै रुसी सैन्य चिकित्सक र स्वयसेवकको टोली अहिले त्याहाँ खटिरहेको छ ।
सैन्य क्षमताको अवलोकन गर्न र जासुसी नेटवर्क विस्तार गर्ने मनशाय देखिएको भन्दै ला स्ताम्पा नामक अखबारले पूर्व नेटोका रसायनीक हतियार विशेषज्ञ हामिस दि ब्रिटोनको प्रतिकृया लिदै समाचार लेखे पछि विवाद बढेको हो ।
यस अघि बेलायत र अमेरीकाको निर्वाचनमा समेत रुसी सैनिक जासुसी एजेन्सी जिआरयुले हस्तक्षेप गरेको दावी गरेको पनि सो अखबारमा लेखिएको छ ।
यसैबीच ईटालीमा रहेको रुसी दुतावाले भने उक्त अखबारले ट्वीट गर्दै ला स्ताम्पाले सोभियतकालको शीतयुद्धमा जस्तै प्रोपोगाण्डा गरेको भन्दै आपत्ति जनाएको छ ।
रुसी रक्षा मन्त्रालयका प्रवक्ताले ला स्ताम्पाले अभिव्यक्ति स्वतन्त्रताको आवरणमा रुस विरोधी भावना फैलाउन खोजेको आरोप लगाएका छन् ।
ला स्ताम्पाले रुसी सेनाका ट्रकहरुको तस्वीर र रुसी सेनाले उनीहरुको राष्ट्रिय गीत गाएको समेत चर्चा गर्दै रसियन मिसनमाथि प्रश्न उठाए पछि रुसले पुरानो मित्र देश दुखःमा परेका बेला सहायता गर्ने बाहेक अरु कुनै उदेश्न नरहेको जनाएको छ ।
मिलानमा केन्द्रीत रहेर रुसी सैन्य चिकित्सकहरुको टोलीले उपचार शुरु गर्दैछ । ईटालीमा १४ हजार बढीको मृत्यु भईसकेको छ कोरोनाबाट भने एक लाख बढी संक्रमित छन् ।
यसैबीच जनस्तरबाट भने रुसको सहायताको प्रसंसा भएको जनाईएको छ । रुसी सेना र स्वयंसेवकको टोली गत हप्ता ईटाली पुगेको थियो ।