बिजुली बन्द गरी अप्रिल ५ मा ९ मिनेट मैन बत्ति बाल्न मोदीको अपिल, भन्छन्–कोरोनाको संकटलाई चुनौती दिनु छ

बिजुली बन्द गरी अप्रिल ५ मा ९ मिनेट मैन बत्ति बाल्न मोदीको अपिल, भन्छन्–कोरोनाको संकटलाई चुनौती दिनु छ

  • शुक्रबार, चैत्र २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

नयाँदिल्ली, २१ चैत ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनताहरुलाई आइतबार अप्रिल ५ को राति ९ बजे देशभर दीप प्रज्वलन गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री मोदीले आज भिडियो सन्देश जारी गर्दै लकडाउनका बेला ऐकवद्धता देखाउन रातको ९ बजे देशभरका जनतालाई आआफ्नो ठाउँबाट मैनबत्ती तथा बत्ती नभएको खण्डमा मोबाइलको ‘फ्ल्यास लाइट’ बाल्ने आग्रह गरेका हुन् ।
लकडाउनका बेला कोही पनि एक्लै नभएको सन्देश प्रवाह गर्न यस्तो आग्रह गरिएको प्रधानमन्त्री मोदीको भनाइ छ । यसरी दीप प्रज्वलन ९ मिनेटसम्म गर्न उनले आग्रह गरेका छन् ।
सम्बोधनका क्रममा उनले भने, ‘कृपया आइतबार तपाईँको घरको बत्ती निभाउनुस्, घरको बालकोनीमा गएर ९ मिनेटसम्म क्यान्डिल, टर्च वा मोबाइल फ्ल्यास लाइट बाल्नुस्,।’
साथै कसैलाई पनि सडकमा ननिस्कन उनको आग्रह छ । ‘कोरोना भाइरसको चेन तोड्ने एउटै उपाय दूरी कायम गर्नु हो,’ मोदीले भने । कोरोना भाइरसविरुद्ध देशव्यापी अभियानको रुपमा मोदीले शुक्रबार बिहान ९ बजे भिडिओ सन्देश मार्फत उनले कोही पनि एक्लै महसुश गर्नु नपर्ने पनि बताए । १ सय ३० करोड भारतीय जनताको एकीकृत शक्ति प्रदर्शनको लागि यस्तो आग्रह गरेको मोदीको तर्क छ । कोरोनाको सक्रमण ह्वात्तै बढ्न थालेपछि जारी उनको अपिलमा भनेका छन्, ‘५ अप्रिलमा कोरोनाको संकटलाई चुनौती दिनु छ, प्रकाशको शक्तिको परिचय दिलाउनु छ । यो आइतवार १ सय ३० करोड जनतामा महाशक्तिको जागरण गर्नुछ त्यसैले यो अभियानलाई साथ दिनुस ।’
अहिले भारतमा लकडाउन जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ