एजेन्सी चैत्र २१ । विश्वकै धनी र शक्तिशाली देश अहिले कोरोना सामु निरीह बनिरहेको छ । दुनियाको सबै भन्दा ठूलो कोरोना केन्द्र बनेको अमेरीकामा विश्वमै पहिलो पटक एकै दिनमा ठूलो संख्यामा मानिसहरुको ज्यान गएको छ । सिएनएनका अनुसार २४ घण्टा भित्र अमेरीकामा ११ सय ६९ जनाको मृत्यु भएको छ । एकै दिनमा यति मृत्यु युरोप र चीनमा यस अघि भएको थिएन ।
यो सगँै अमेरीकामा मृत्यु हुनेको कुल संख्या ६ हजार माथि पुगेको छ । २ लाख ४४ हजार बढी संक्रमित भएका छन् । अमेरीकामा ६५ लाख मानिसले आफू बेरोजगार भएको सूचना राज्यमा दर्ता गराएका छन् । खाद्यान्न, रोजगारी,उपचार अभाव र अर्थतन्त्रमा गहिरो संकट बढेको भन्दै जनता निकै चिन्तित बनेका छन् ।
अमेरीकी राष्ट्रपतिले आउने हस्ताहरुमा अझ धेरै पीडा आउने यस अघि बताएका थिए । श्वास्थ्य अधिकारीहरुले एक लाख देखि २ लाख ४० हजार सम्म अमेरीकीहरको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् ।